१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

काठमाडौंमा पनि भीषण हावाहुरी

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि शुक्रबार बिहानै भीषण हावाहुरी चलेको छ। हावाहुरीसँगै वर्षा पनि भएको छ।

पश्चिम नेपाल हावाहुरी अपडेटः दुई जनाको मृत्यु, दर्जनौं घाइते

सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भिषण हावाहुरीले ठुलो क्षति गरेको छ।

असिना पानीसँगै आएको हावाहुरीले ठूलाे क्षति

शनिबार र आइतबार आएको असिना पानीका कारण रुकुम (पश्चिम)का विभिन्न ठाउँमा व्यापक क्षति गरेको छ।

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

हरिपुर नगरपालिकामा विष्फोट

सर्लाहीको हरिपुर नगरपालिकामा आइतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ। ।

करोडौं क्षति, न्यून राहत

यो पटकको सिजनमा हिमाली जिल्ला मुस्ताङमा परेको बाक्लो र नियमित हिमपातले ४६ सय बढी पशु मरे। तीमध्ये अधिकांश भेडाच्यांग्रा, याक, चौरी, घोडा र गाइगोरु थिए। लामो समयसम्मको हिमपातले चरन क्षेत्र पुरिएर खान नपाउँदा ती पशु भोकभोकै मरेका थिए।

‘ऋणको पासोमा पार्न लागेको भन्नु गलत’

चीनले बीआरआईमार्फत ऋणको पासोमा पार्छ भनेर चलाइएको हल्ला गलत भएको जनाएको छ। बिहीबार चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ राजदूत होउ याङ्छीले भनिन्, ‘केही मुलुकले बीआरआईले ऋणको पासोमा पार्ने भन्दै प्रश्न उठाइरहेका छन्, त्यो गलत हो।’ बीआरआईले प्रचलित कानुनअनुसार नै काम गर्ने भन्दै उनले यसमा आर्थिक क्षति बेहोर्नुनपर्ने स्पष्ट पारिन्।

आगलागीले दुई घरमा क्षति

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी, पञ्चमीबजारमा भएको आगलागीमा एउटा घरमा पूर्ण र अर्को घरमा आंशिक क्षति पुगेको छ। बुधबार राति ८ः०० बजे लागेको आगोले स्थानीय डम्बर खड्काको होटल तथा पसल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। खड्काको १३ लाख रुपैयाँबराबरको क्षति भएको छ।

औषधि उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्वर १ खुन्सामा रहेको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। एसियन फार्मास्युटिकल प्रा.लि.मा आगलागी हुंदा करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

क्षतिपूर्ति प्रतिबद्धतापछि परिवारले बुझ्यो शव

मलेखु खोलामा ग्राभेल निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका बालकको शव परिवारले बुझेको छ। बेनिघाट रोराङ गाउँपालिकाले १० लाख क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा रोजगारीका लागि समन्वय गर्ने सहमतिपछि परिवारले शव बुझेको हो।

भारतमा निर्माण नेपालमा क्षति

क्षतिग्रस्त मार्ग पुनर्निर्माणमा सहयोग एवं सीमा क्षेत्रमा निर्माण गर्दा एकअर्काको क्षेत्रमा असर नपर्नेगरी समन्वय गर्न नेपाली पक्षले भारतीय पक्षलाई स्मरण गराएको छ।

पुनर्निर्माणमा नसमेटिएका वर्ग

नेपालमा भूकम्पले ठूलो क्षति पु-याएको ४ वर्ष बित्यो। यसबीच सरकारी तथा सामाजिक संस्थाहरूले पुनर्निर्माणमा सक्दो सहयोग गरे। यस क्रममा रसुवामा मात्र ७७ प्रतिशत निजी आवास निर्माण सकिएको छ। बाँकी बनाउने क्रम जारी पनि छ। गाउँगाउँमा निजी आवास पुनर्निर्माणको चटारो छ तर अशक्त, अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक मात्र भएका परिवारले चाहिँ घर बनाउन सकेनन्। यस्तो परिवार जोखिमयुक्त बस्तीमा परेका विस्थापित समुदायमा पनि छन्। समाजमा यस्ता वर्गको अवस्था अझै उस्तै छ। उनीहरू आफैँ न आफ्ना समस्या व्यक्त गर्न सक्छन् न कसैले सुन्न÷बुझ्न नै चाहन्छन्। धेरैले समतामूलक समाज निर्माणका कुरा गर्छन्। अहिले त समृद्धिको कुरा पनि थपिएको छ। थिचिएका, मिचिएका गरिब, दलित, भूमिहीन, सुकुमवासी, विस्थापित, अपांगता भएका र एकल महिला अझै पिँधमै छन्। जसको हेक्का कमैलाई मात्र छ।

‘एक नदी एक समुदाय’ अभियान

माडी नगरिपालिकामा चुरे पर्वतबाट उत्तरतर्फ बग्ने १८ खोला छन्। साना र ठूला ति खोलाका कारण वर्षात्को समय माडीमा सँधै बाढीको जोखिम उच्च हुन्छ। माडी नगरपालिका वडा नम्बर ६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटक पटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

विपद्का घटनाले करोडौंको क्षति

विपद्का घटना न्यूनीकरणमा सरोकारवाला पक्षको भूमिका बढाउनुपर्ने देखिएको छ। हिमाली जिल्ला ताप्लेजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा मात्र १ सय २३ घरधुरीमा विपद्का घटनाले क्षति गरको पाइएको छ भने करोडौं मूल्य बराबरको नोक्सानी भएको छ।

आवास पुनर्निर्माण सर्वेक्षण सुरु

खोटाङमा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम सुरु भएको छ। २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र परकम्पका कारण घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्