१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्थानीय तहमा छैन दमकल

गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ। जिल्लाका अधिकांश स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ।

फास्ट ट्रयाकः रुख कटानीको क्षतिपूर्ति वन कार्यालयले माग्याे

सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ। डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक (द्रुत सडक मार्ग) निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्व बमोजिम क्षतिपूर्ति माग गरेको हो।

लाहौरमा प्रहरीको गाडी लक्षित विस्फोटमा आठ जनाको मृत्यु

प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौरको एक धार्मिक स्थलमा प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।

विपद्, टहरा र लैंगिक हिंसा

२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।

जर्मन नागरिकको सहयोगमा विद्यालय रेट्रोफिट सम्पन्न

भक्तपुरको जेसिस माध्यमिक विद्यालयको एक भवनको रेट्रोफिट सम्पन्न भएको छ। २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त सो भवन जर्मनी नागरिकका सहयोगमा रेट्रोफिट भएको हो। जर्मनीका नागरिक एवं जर्मनीको सेनाका पूर्वकर्णेल योग बारको आर्थिक सहयोगमा चारतले भवनको रेट्रोफिट गरिएको विद्यालयका प्रधानाध्यापक जयराम गोर्खालीले बताए। कूल २४ लाख ४५ हजारको लागतमा बनेको भवनको सहयोगी पूर्वकर्णेल बारले उद्घाटन गरे।

‘विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैन, उहाँको जग्गा गयो’

बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गरेर फसेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति नदिने भएको छ।  सुरुमा बालुवाटारमा जग्गा खरिद गरेर महासचिव पौडेल ठगिएको र क्षतिपूर्ति पाउनुपर्ने आशय राख्दा आलोचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीमाँझ पौडेललाई जस्ले ठगेको हो उसैले क्षतिपूर्ति दिनुपर्ने बताए।

आगलागीबाट १४ लाखको क्षति

आगलागीबाट घर जल्दा खोटाङमा १४ लाखभन्दा बढिको क्षति भएको छ। साकेला गाउँपालिका–३ खिदिमास्थित मुङ्लाका मनबहादुर खड्काको घर जल्दा १४ लाख ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।

वीरगन्जमा भीषण आगलागी

'केमिकल भएको उद्योग हो, नाम र अरु विवरण अाउन बाँकी छ, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ,' पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'यति क्षति भयाे भन्ने अवस्था छैन।'

रामेछापमा ६० प्रतिशत पुनर्निर्माण सम्पन्न

२०७२ वैशाख १२ गते भूकम्प गएको चार वर्ष बितिसकेको छ। यस अवधिमा रामेछापमा क्षति भई पुनर्निर्माणका लागि सम्झौता गरिएकामध्ये ६० दशमलव ८५ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पबाट घर क्षति भएका कुल लाभग्राही ४८ हजार सात सय ७९ रहेकामा ४६ हजार ६ सय ७८ घरको पुनर्निर्माणका लागि सम्झौता भएको थियो।

हावाहुरीले स्वास्थ्य केन्द्रमा क्षति

हावाहुरीले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको छाना उडाउँदा क्षति भएको छ। नेचा सल्यान गाउँपालिका–२ सल्यानस्थित स्वास्थ्य केन्द्रको छाना हावाहुरीले उडाउँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।

अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा क्षति

अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकमबराबरको क्षति भएको हो।

हुरीबाट बारामा २ हजार बढी घरमा क्षति

चैत १७ गते २७ जनाको ज्यान जानेगरी आएको हावाहुरीबाट बारामा दुई हजार चार सय ९३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। जिल्लाका आठवटा स्थानीय तहमा प्रभाव पारेको हावाहुरीमा पाँच सय ३० जना घाइते र १६ हजार चार सय ४९ जना प्रभावित भएको बताइएको छ।

हुरीपीडित भन्छन्ः वर्षाअघि घर निर्माण गर्नुपर्छ

हावाहुरीबाट घर भत्किएपछि घरविहीन भएकी पुरैनियाकी रोकसाना खातुनको दैनिकी झन् कष्टकर बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्