२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हावाहुरीले स्वास्थ्य केन्द्रमा क्षति

सोलुखुम्बु – हावाहुरीले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको छाना उडाउँदा क्षति भएको छ। नेचा सल्यान गाउँपालिका–२ सल्यानस्थित स्वास्थ्य केन्द्रको छाना हावाहुरीले उडाउँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।

स्वास्थ्य केन्द्रका दुईवटा ब्लकको छाना हावाले उडाएकाले सोलारमा क्षति पुगेको र पानीले औषधि भिजेर काम नलाग्ने अवस्थामा रहेको व्यवस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष भेषकुमार बास्तोलाले बताए। उनेले भने, ‘हावाहुरीले औषधि पनि भिजाएकाले सर्वसाधारणको उपचारमा समस्या भएको छ। उडाएका जस्तापाता स्थानीयको सहयोगमा संकलन गरियो। अहिले त्रिपालको प्रयोग गरी पानीबाट बचाउने काम गरिएको छ।’

सो स्वास्थ्य चौकीलाई हिमालयन ट्रस्टले दुई साताअघि मात्र स्थानीय आवश्यकताको आधारमा दुई लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेको थियो। वर्थिङ सेन्टरसमेत सञ्चालनमा रहेको स्वास्थ्य चौकीमा सुत्केरीका लागि महिलाहरू आइपुगे पनि सेवा दिन नसक्ने अवस्थामा रहेको स्वास्थ्य केन्द्रले जनाएको छ। छानाको व्यवस्था नहुँदासम्म सर्वसाधारणलाई पनि सामान्य उपचारका लागि समस्या भएको व्यवस्थापन समितिले बताएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App