२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।
माघ महिनाको एक दिन लमजुङबाट काठमाडौं फर्कने क्रममा हामीले होमस्टेमा बस्ने सल्लाह ग-यौं। पृथ्वी राजमार्गसँग जोडिएको विमलनगर बजारको सामुदायिक होमस्टे रोज्यौं हामीले। राजमार्ग दायाँबायाँ दोहोरीलत्त घर। त्यहाँ दिदीबहिनीले सञ्चालन गरेको होमस्टेमा एक रात बस्यौं हामी।
स्थानीय स्तरमा पुनर्निर्माणको वस्तुगत अवस्था नियाल्ने हो भने स्पष्ट रूपमा वर्ग विभाजन हुँदै गएको प्रस्ट देखिन्छ । कसैले घरको जगसमेत हाल्न सकिरहेका छैनन् भने कसैले ठूल्ठूला महल ठड्याइसके । यसले समाजमा मेलमिलाप, भाइचार तथा हार्दिकता घट्ने पक्का छ । साथै, ऐतिहासिक मौलिक महत्व तथा संस्कार–संस्कृतिसहितको बस्ती–टोल पुनर्निर्माण भएको छैन ।