१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जहाँ सडक, त्यहीं पहिरोको क्षति

माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखाका विष्णु राईकी पत्नी रेखा, ३ वर्षका छोरा रोमन र ७ महिनाका छोरा रोजनको मृत्यु भयो। असार २७ गते बिहानको पहिरोमा विष्णु घाइते भए। उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट निकालेका थिए।

बाढीबाट भएको क्षतिप्रति राष्ट्र संघद्वारा दुःख व्यक्त

बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ। दक्षिण र दक्षिण–पूर्व एसियाका भेगमा अविरल वर्षापछि आएको बाढीले धेरै मानिस विस्थापित भएका छन्। हजारौंले ज्यान गुमाउनु परेको छ।

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

गृहमन्त्रीले भने- 'अहिलेको विपद् मानव सिर्जित समस्या हो'

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप-यो।

बाढीले निर्माणाधीन सिमेन्ट उद्योगमा ठूलाे क्षति

मध्यरातमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा निर्माणाधीन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा करोडौंको क्षति पुगेको छ।

सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

अबिरल वर्षाजन्य बाढी–पहिरोबाट विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ।

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

बाढीपहिरोका कारण तीनजनाको मृत्यु र दुईजना घाइते भएको मकवानपुरमा क्षतिको विवरण संकलन हुन सकेको छैन। प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमा केही घर पहिरोले बगाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कसैले क्षतिको विवरण बुझाएका छैनन्।

प्रदेश १ मा २१ काे मृत्यु

अविरल वर्षापछिको पहिरो, डुबान र बाढीमा परेर १ नम्बर प्रदेशमा शुक्रबारदेखि आइतबारसम्ममा २१ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता र नौजना घाइते भएका छन्। प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले भने प्रदेशमा १८ को मृत्यु भएको जानकारी दिएका छन्। स्थानीय प्रशासनहरुको तथ्यांकले मृतक संख्या २१ देखाएको छ।

वर्षाले उपत्यकामा लाखौंको क्षति, कर्मानासा खोलाको त्रास कायमै

बिहीबार रातीबाट परेको अविरल वर्षाले काठमाडौं उपत्यकमा लाखौंको क्षति भएको छ। लगातारको वर्षाले काठमाडौं र ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र शुक्रबार डुबानमा परेको थियो। वर्षाले उपत्यकाका बागमती, विष्णुमति, धोबीखोला, गोदावरी, टुकुचा, मनोहरालगायत नदीमा आएको बाढीले नदीतटीय क्षेत्र डुबानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित भएका थिए।

बाढी, पहिरो र डुबानले करोडौंको क्षति

निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। डुबानमा परी र बाढीले घर बगाएर सयौं परिवार विस्थापित भएका छन्। आइतबारसम्म रौतहटमा पाँच, पर्सा, बारा, धनुषा र महोत्तरीमा दुई÷दुई, सिरहामा एकजना गरी प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ। रौतहट, सिरहा, धनुषा, महोत्तरी र पर्सामा एक÷एकजना गरी पाँचजना बेपत्ता भएका छन्। बाढीले जनजीवन निकै कष्टकर बनाएको छ।

रौतहट बाढीः ७० हजार परिवार प्रभावित

निरन्तरको वर्षात र बाढीले जिल्लाको सबै भौतिक संरचनामा असर पु-याएको छ भने जनजीवन निकै कष्टकर बनाएको छ। बाढीले जिल्लामा जनधनको निकै ठूलो क्षति पु-याएको छ।

जताततै कान्ले पहिरोको जोखिम

भारी वर्षाका कारण खोटाङमा दर्जनौं घर–पहिरोको जोखिममा परेका छन्। ससाना कान्ले पहिरोका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र राजापानी वडा कार्यालयमा क्षति पुगेको छ। महादेवस्थान वडा कार्यालयअगाडिको जग पहिरोले भासिएको र राजापानी वडा कार्यालयलाई माथिबाट खसेको कान्ले पहिरोले क्षति पु¥याएको मेयर इवन राईले बताए। भित्ता खस्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभूत विद्यालयको प्रशासन कक्षमा क्षति पुगेको हो।

विपद्बबाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन्।

७० हजार परिवार छानामुनि

२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानोमुनि छिरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमार्फत उनीहरू सुरक्षित बासस्थल छिरेका हुन्।

घर भत्किँदा लाखौंको क्षति

लगातारको वर्षासँगै सोलुखुम्बुको सल्लेरीमा पुरानो घर भत्किँदा लाखौंको क्षति भएको छ । बिहीबार स्थानीय दावा फिन्जो शेर्पाको घर भत्किँदा सञ्चालित सुमन भाँडा पसलका सामान पुरिएको छ । भग्नावशेषले सामग्री पुरेकाले क्षतिको विवरण तत्काल निकाल्न कठिन भएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्