१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ऊर्जाले माग्यो ३८ करोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिँचाइ संरचनाहरूको पुनः निर्माणका लागि अर्थ मन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ।

मृतक परिवारलाई २५/२५ लाख दिने सहमति

ककनी गाउँपालिका–१ स्थित कोल्पु खोलाको कमले दोभानमा बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई २५/२५ लाख रुपैयाँ दिने सहमति भएको छ।

तीन सय ८० सम्पन्न, यो वर्ष १५० बनाइने

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका तीन सय ८० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। तिमध्ये विश्वसम्पदामा सूचीमा परेका ९६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

कालंगा नदीले बगायो हाइड्रोपावर संरचना

निजी लगानीबाट सञ्चालन गर्न लागिएको सुदूरपश्चिमको एकमात्र कालंगा हाइड्रोपावरको निमार्णाधीन संरचना बाढीले बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको छ।

युएस–बंगला एयरलाइन्ससँग २ अर्ब क्षतिपूर्ति दाबी

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले सन् २०१८ मार्चमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टिआइए)मा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सात मृतकका हकवालाले उक्त एयरलाइन्स कम्पनीविरुद्ध करिब सवा दुई अर्ब क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको बताए।

चालु वर्षलाई एक अर्ब ४७ करोड बजेट

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको निजी आवास, सम्पदा पुनर्निर्माण र जग्गा (घडेरी) व्यवस्थापनमा चालु आर्थिक वर्षका लागि एक अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)मार्फत खर्च हुने गरी बजेटसहितको कार्यक्रम पठाएको हो।

विर्तामोडमा डेढ घण्टापछि आगलागी नियन्त्रण, दुई करोडको क्षति

विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा आज साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ।

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्।

बाढीबाट चार हजार घरमा क्षति

बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९ सय ६३ घरमा आंशिक तथा पाँच हजार अाठ सय ४७ घरमा सामान्य क्षति पुगेको छ।

लखन्देहीले बगायो तटबन्ध

खोलाको बेग रोक्न तारजालीमा ढुंगा भरेर ‘रिटेनिङ वाल’ नहाली बालुवा मात्र थुपारेर तटबन्ध बनाइएकाले लाखाैंको क्षति भएको स्थानीयले बताएका छन्।

बाढीले २६ घरमा क्षति, विस्थापित परिवार स्कुलमा

बुढी खोला नदीमा आएको बाढीले गर्दा दुहवीमा २६ घर कटान गरि क्षति गरेको छ। दुहवीको वडा नं. १ र ४ का नदी छेउको वस्तीका थुप्रै घर उच्च जोखिममा छन्।

करोडको बाँध लखन्देहीले बगायो

सर्लाहीको उत्तरी क्षेत्र लालबन्दी नगरपालिकामा भर्खरै निर्माण गएिको बाँध लखन्देही खोलाले बगाएको छ।

रामेछापको साङ्गुटारमा आगलागी, ४ घर जले

जिल्लाको रामेछाप नगरपालिका वडा न ३ को साङ्गुटार बजारमा बिहीबार बिहान आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन्।

बाजुराका सात सय घर जोखिममा

पैमाको पहिरो रोकिनुको साटो बढ्दै गएपछि बुढीगंगा र त्रिवेणी नगरपालिका बीचमा रहेको द्वारीमा बुढीगंगा नदी थुनिने खतरा बढेको छ। त्रिवेणीतिर पर्ने पैमाको पहिरो १० वर्षदेखि नरोकिँदा र बुढीगंगातिर पर्ने अम्कोट गाउँको पाखा भत्किने सम्भावना देखिँदा नदी थुनिने खतरा बढ्दै गएको हो। यस्तो अवस्था आए दर्जनौं बस्ती र करोडांैको भौतिक संरचनामा क्षति पुग्ने अनुमान गरिएको छ।

बाढीले निर्माणाधीन पुलमा क्षति (फोटोफिचर)

रौतहटको गढिमाइ र सर्लाहीको बरहथवा नगरपालिका जोडने बागमती नदीको पुलमा बाढीले क्षति गरेको छ। आठ दिनअघि नदीमा आएको बाढीले ३ र ४ नम्बर पिलर जोडने पुलको तीन वटा स्लेब बगाएर क्षति प¥याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्