१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ऊर्जाले माग्यो ३८ करोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिँचाइ संरचनाहरूको पुनः निर्माणका लागि अर्थ मन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए। उनले क्षतिग्रस्त संरचनाको मर्मत तथा नयाँ निर्माणका लागि सिँचाइ विभागले तयार पारेको तत्कालीन र दीर्घकालीन कार्ययोजनाअनुसार मर्मत तथा निर्माण गरिने बताए। उनले तत्कालीन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालीन कार्यका लागि दुई अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिए।

गत वर्ष पाँच अर्ब  बजेट निकासा भएकोमा यस वर्ष साढे दुई अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीनवटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए। मन्त्री पुनले नदीको बहाव प्राकृतिक रुपभन्दा विपरीत दिशाबाट संरचना बनाएकाले पनि डुबानको समस्या निम्तिने गरेको उल्लेख गरे। उनले समस्या सम्बोधनका लागि सरोकारवाला मन्त्रालयबीच एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: ३० श्रावण २०७६ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App