६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विर्तामोडमा डेढ घण्टापछि आगलागी नियन्त्रण, दुई करोडको क्षति

भद्रपुर- विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा आज साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छ तलाको उक्त व्यापारिक भवनमा भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा लिइएको बताए। विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको प्रजिअ दाहालले बताए।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्तरुपमा परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं नायब प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनले आगलागीमा कुनै मानवीय क्षति नभएको र पहिलो तलामा रहेको एरिक जुत्ता पसलको एसी मेसिनमा विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए। विर्तामोडको मुक्तिचोकमा रहेको छ तले उक्त व्यापारिक भवनमा विराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई वटा बैंक, दुई वटा डिपार्टमेन्टल स्टोरसहित व्यापारिक पसल र होटल रहेका छन्।

आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ। आगलागीमा पसलको करीब रु दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले पसल धनीको भनाइलाई उद्धृत गर्दै बताए। रासस

प्रकाशित: ११ श्रावण २०७६ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App