'सरसर्ती संसार'मा जीवाका अनुभूति
चितवन निकुञ्जसँग जोडिएको एउटा पिछडिएको टापु पुरानो पदमपुर गाविसमा हुर्किए जीवा लामिछाने। वन्यजन्तुको ओहोरदोहोर गर्ने बाटो भएकाले त्यो बस्ती अहिले अन्यत्र सारिएको छ। पुरानो पदमपुरमा वन, वन्यजन्तु, राप्ती नदी र वनको सुन्दरता उनको आँखैमा बसेको छ।