५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बागलुङका पर्यटकीयस्थलमा चहलपहल बढ्दै

कोरोना अघि दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि फाटफुट आन्तरिक पर्यटक आउन थालेका छन्।

अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन्। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो।

पूर्वकै पर्यटकीयस्थल तालतलैयामा पर्यटक मोहित पार्न वृक्षारोपण

पूर्वकै केन्द्र मानिएको इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि एउटा मनोरम ठाउँ आउँछ। यो ठाउँ पर्यटकीयस्थल तालतलैयाको नामले चिनिन्छ।

पर्यटकीयस्थल बराहपोखरीमा ल्याइएका डुंगा अलपत्र

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परीक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए। तर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परीक्षणमै सीमित हुन पुगेको छ। करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्न २०७४ चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो। तर पाइडलले चल्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द भएका छन्।

पर्यटकीयस्थलमा घुइँचो, व्यवसायीलाई राहत

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेपनि ७ महिनापछि जिल्लाका पर्यटकीय क्षेत्र पर्यटकले भरिँदैछन् ।

रसुवाको पर्यटकीयस्थललाई प्लाष्टिक मुक्त बनाइने

रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।

व्यवसायीलाई राहत

कोरोना विषाणु कहर सुरु भएपछि यसको प्रभाव नपर्ने विरलै क्षेत्र छन्। सबैभन्दा बढी पर्यटन क्षेत्रलाई यसले आक्रान्त तुल्याएको छ। हाम्रो मुलुकका हिमाच्छादित पर्वत शृृंखला, मोहनीलाग्दा पर्यटकीयस्थल र मुस्काइरहने अनुहारले पर्यटकलाई लोभ्याउँदै आएको हो।

दसैं तिहारले पर्यटकीयस्थलमा चहलपहल

दसैं र तिहारको मौका पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडा सदस्य घनश्याम राई आफन्तसहित पर्यटकीयस्थल ट्याम्केडाँडा पुगे। उनले लामो समयदेखि खोटाङ र भोजपुरको सीमामा रहेको ट्याम्केडाँडा घुम्ने रहर यसपल्ट दसैं तिहारको फुर्सदको समयमा पूरा गरेका हुन्।

ऐतिहासिक स्थलबाट ढुंगा झिक्ने तीन पक्राउ

खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने तुवाचुङ–जायाजुमडाँडाबाट अवैध रूपमा ढुंगा निकालिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

बराहपोखरीको डिपिआर बन्दै

सरकारले सयवटा गन्तव्यको सूचीमा समावेस गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

पाँचतिरबाट सडक जोड्ने योजना

सरकारद्वारा सूचीकृत सय गन्तव्यमध्ये एक खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीनतिरबाट सडकले छोएको छ। तराईबाट उदयपुरको गाईघाट हुँदै साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौर–सिन्ताङ सडक, गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेंसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक विस्तार गरिएसँगै बराहपोखरी तीनतिरबाट सडक सञ्जालसँग जोडिएको हो।

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाइने

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन्। रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतहरू लागी परेका हुन्।

मझुवागढी जान पदमार्ग

पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्