१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ। संघले शुक्रबार राजधानीमा बृहत दबाब -याली निकाल्दै वीरगञ्जमा सीमासम्बन्धि विवाद सुल्झाउन, विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा, त्रिविको शुल्क वृद्धि फिर्ता, शैक्षिक बेरोजगार भत्ता र सबै स्थानीय तहमा सरकारी स्वामित्वमा प्राविधिक शिक्षालय लगायतका माग पूरा गर्न माग गरेको हो।

सडकको चौडाइ घटाउन नहुने माग गर्दै धनगढी बन्द

धनगढीमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै शुक्रबार धनगढी बन्द गरिएको छ।

सीमाको कार्यप्रगतिबारे जानकारी गराउन माग

विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ।

ठेकेदार म्याद मागेको मागै, सरकार थपेको थप्यै

सम्झौताअनुसार काम भएको भए यस बेलासम्म काठमाडौंको बिजुली बजारमा ५० मिटरका दुईवटा ‘आर्क ब्रिज’ निर्माण भइसकेका हुन्थे । सडक विभागले खानेपानी तथा विद्युतीय ‘युटिलिटिज’को व्यवस्थापन नगरिदिँदा निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । ठेकेदारले बारम्बार अनेक बहानाबाजी गरेर ढिलासुस्ती गरे पनि सरकारले भने म्याद थप्ने प्रक्रिया अघि बढाएको छ।

धर्मनिरपेक्षताबारे जनमतसंग्रह गराउन माग

पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्मनिरपेक्षताबारे नेपालमा जनमत संग्रह गराइनुपर्ने बताएका छन्। उनले कुनै व्यक्तिको खुशीका लागि मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएको हो भन्दै अब त्यसबारे जनमत संग्रह गरेर छिनोफानो गर्नुपर्ने बताए।

वीरगञ्जमा राजधानी माग्दै प्रदर्शन, दुई गाडीमा तोडफोड

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार दिनभर बिरोध प्रदर्शन गरिएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकेपछि बारा, पर्सामा बिरोध प्रदर्शन भएको हो।

पराजितलाई उम्मेदवार नबाउन कांग्रेसको माग

नेपाली कांग्रेसका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा प्रतिनिधिसभामा पारजित नेताहरुलाई उम्मेदवार नबनाउन आग्रह गरेका छन् । निर्वाचन परिणामलाई लिएर पार्टी नेता तथा कार्यकर्तामा निराशा छाइरहेका बेला पराजितहरुलाई अवसर दिँदा पार्टीमा थप असन्तुष्टि बढ्ने जनाउँदै नेताहरुले अवसर नपाएका र पुरानालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेस नेता खड्काको मुद्दामा सर्वाेच्चले माग्यो सक्कल मतगणना मुचुल्का

सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ।

डोटीमा राजधानी माग्दै फेरि हड्ताल

केही दिनअघि उच्च अदालत रहेकै ठाउँमा सरकारले अस्थायी मुकाम तोक्ने सूचना बाहिरिएपछि आन्दोलन रोकी बिश्राम लिएर बसेका डोटेली फेरि आन्दोलनमा उत्रिएका छन् ।सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिन लागेको भन्ने खबर प्राप्त गरेपछि डोटेलीहरू पुनःआन्दोलित भएका हुन् ।

राजधानी माग गर्दै दाङ बन्द

प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्।

११ बुँदे माग राख्दै देशभरका नर्सहरू आन्दोलित

दुर्गममा काम गर्ने नर्सहरूलाई उचित पारिश्रमिक सुरक्षाको प्रत्याभूति सहितका विभिन्न ११ बुँदे माग राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका नर्सहरूले दैनिक तीन घण्टा नियमित काम छाड्दै आएका छन् । नर्सले काम नगरेपछि अस्पतालले दिने सेवा प्रभावित बनेको छ।

वैचारिक अभियान चलाउन युवा नेताको माग

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि वैचारिक अभियान चलाउन नेतृत्वसँग माग गरेका छन्।

कांग्रेसमा केन्द्रीय समिति बैठक माग

‘निर्वाचन परिणामपछि निराश कार्यकर्तालाई उत्साहित बनाउन र पार्टी संगठनलाई मजबुत बनाउन गुटभन्दा माथि उठेर बहस थाल्छौं । त्यसका लागि तत्काल केन्द्रीय समिति बैठक आवश्यक छ ।’ नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य

सिडिओ माग्दै संघीय संसद् कर्मचारी

संघीय संसद्का कर्मचारीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) माग गरेपछि उनीहरूलाई प्रदेशसभामा नलगिने भएको छ । सामान्य प्रशासन मन्त्रालयले संसद् र प्रशासन सेवाका कर्मचारीलाई प्रदेशसभामा लैजाने तयारी गरेको थियो ।

कम्तीमा दुई मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

एमाले–माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठकमा माओवादीले कम्तीमा २ मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्