१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मुलुकमा १४२ जातजाति, मातृभाषा १२४

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम परिणामअनुसार नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र १० विभिन्न धर्मावलम्बी रहेको पाइएको छ।

पुस्तान्तरण नहुँदा संकटमा मातृभाषा

सरकारी कामकाजको भाषा कुनलाई, कसरी र के आधारमा मान्ने, विद्यालय शिक्षासँग भाषालाई कसरी जोेड्ने भन्ने विषयका साथै भाषाको समग्र स्थितिबारे सर्वेक्षणले विभिन्न तथ्य बाहिर ल्याएको छ।

देश ठग्नेलाई एक साताभित्र ठेगान लाउने गरी काम हुन्छः मन्त्री आले

सोमबारको कार्यक्तममा मन्त्री आलेले हालै सार्वजनिक भिडियो/अडियोबारे समेत मुख खोले। उक्त अडियो/भिडियो १७ पटक तोडमोड गरेर आफ्नोबदनाम गराउन सार्वजनिक भएको मन्त्री आलेको दाबी छ।

मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहटका नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक प्रदर्शन गरेका हुन्।

‘भाषालाई अर्थतन्त्रसँग जोडे मात्र जगेर्ना हुनसक्छ’

युनेस्कोले तय गरेको ‘समाज र शिक्षामा मातृभाषाको प्रवद्र्धन’ नारासहित आइतबार (२१ फेबु्रअरी) मा विश्वभरि मातृभाषा दिवस मनाइएको छ । नेपालमा पनि भाषा आयोगले मातृभाषालाई जोगाउन बहुभाषिक शिक्षा उपलब्ध गराइ बालबालिकाको अध्ययनको क्रममा भाषिक कठिनाई हटाउने लक्ष्यका साथ दिवस मनायो ।

वीरगन्जमा भोजपुरी प्रतिष्ठान स्थापना

वीरगन्ज महानगरपालिकाको ‘भोजपुरी प्रतिष्ठान ऐन २०७६’ अनुसार भोजपुरी प्रतिष्ठान स्थापना भएको छ। गत माघ महिनामा भोजपुरीका वरिष्ठ साहित्यकार एवं लोक संस्कृतिका विज्ञ उमाशंकर द्विवेदीको अध्यक्षतामा प्रतिष्ठानको कार्यकारणी सभा गठन भएको थियो। उक्त प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस समेत मनाएको छ।

चाम्लिङ भाषाको पठन–पाठनका लागि दुई लाख

चाम्लिङ राई भाषाको पठन–पाठनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ ।

जनप्रतिनिधिले मातृभाषामा जनचेतना फैलाउदै

विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गाउँ गाउँमा सचेतनाका अभियानहरु सञ्चालन भईरहेका छन्। नागरिकको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारले घरघरमा पुगेर सरसफाई र जागरणका कार्यक्रम गरिरहेका छन्।

‘विद्यार्थीले बुझ्ने भाषामा पढाइनुपर्छ’

बालबालिकाले आफ्नै मातृभाषामा शिक्षा पाउनुपर्ने अधिकार सुनिश्चित गर्न मातृभाषामा शिक्षा सुरु गरिएको छ।

मातृभाषा दिवसमा बज्जिकाको दुई प्रकृतिका कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरको रौतहटको प्रमुख भाषा बज्जिकाका लागि दुईवटा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन्।

मातृभाषा साहित्यमाथि विमर्श

नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यमाथि विचार गोष्ठीको आयोजना भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मंगलबार राजधानीमा आयाोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारभरका मातृभाषाहरू जोखिममा परेको बताए।

मातृभाषा शिक्षक नियुक्ति विवाद चर्केको चर्कै

जिल्लाको फाल्गुनन्द गाँउपालिकाले विद्यालयमा ऐच्छिक बिषयको रुपमा मातृभाषा पढाउनका निम्ति शिक्षक नियुक्ति गर्ने विषय विरुद्ध उच्च अदालत इलाममा रिट दर्ता भएपछि विवाद चुलिदै गएको छ।

मातृभाषा शिक्षा कार्यक्रम असफल

बहुभाषिक शिक्षा १० वर्षअघि एक वर्ष सञ्चालन गरिए पनि विद्यार्थीले बुझ्न नसकेपछि विषय हटाइएको रसुवा माविका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताए।

मातृभाषाका वक्ता घटेकोमा चिन्ता

शिखरापुर सामुदायिक सिकाइ केन्द्र तथा दक्षिणकाली नगरपालिकाद्वारा शुक्रबार फर्पिङमा संयुक्त रूपमा आयोजित बहुभाषिक सांस्कृतिक प्रदर्शनीका क्रममा सहभागी सामाजिक तथा राजनीतिक अगुवाहरूले यस्तै चिन्ता व्यक्त गरे।

मातृभाषा जोगाउन चुनौती

२०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ मातृभाषा बोल्ने जाति रहेको तथ्यांक सार्वजनिक भएको थियो। तापनि अहिलेसम्म ती जातिको मातृभाषा तथ्यांकमै सीमित रहेको पाइएको वक्ताहरूले सुनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्