२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘किरातीको मातृभाषा संरक्षण आवश्यक’

किरातीको मातृभाषा हराउँदै गएकाले यसको संरक्षण आवश्यक रहेको विज्ञले औँल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘बान्तवा साहित्य ः वर्तमान अवस्था, चुनौती र सम्भावना’ गोष्ठीपत्र प्रस्तुति तथा विचार गोष्ठी कार्यक्रममा उनीहरूले सो बताएका हुन्।

‘भाषा र संस्कृतिले समाजलाई जोड्छ’

सांसद डा. अमरेशकुमार सिंहले भाषा र संस्कृतिले समाजलाई जोड्ने बताएका छन्। काका सामुदायिक सिकाइ केन्द्र बलराद्वारा आयोजित ‘बज्जिका भाषा संगोष्ठी, विगत, वर्तमान र भविष्य’ विषयक कार्यक्रमको उद्घाटन गर्दै सांसद सिंहले बज्जिका भाषाको प्रचारप्रसार अभियानलाई निरन्तर जोडिराख्नुपर्नेमा जोड दिए। सांसद सिंहले आफ्नो मातृभाषा बज्जिका रहेकाले त्यसको संरक्षण र विकासका लागि संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार

मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।

मातृभाषा सिक्दै बेलायती राजदूत

सिकाइसहितको शिक्षाका लागि मातृभाषा मुख्य र त्यसपछि नेपाली तथा अंग्रेजी हुुनुपर्छ । नेपालमा १२३ भाषा रहेको तथ्यांक छ । त्यसअनुसार दक्ष जनशक्ति तयार गर्न शिक्षकका लागि तालिमको व्यवस्था गरिनेछ ।

प्राथमिक तहमा मातृभाषा शिक्षा

नेपालमा हरेक शैक्षिक वर्षमा करिब १३ लाख नयाँ विद्यार्थी कक्षा १ मा भर्ना हुन्छन् । एसइइको परीक्षा दिने बेलासम्म साढे पाँच लाख विद्यार्थी मात्र हुन्छन् । यसरी कक्षा १ देखि १० सम्म पुग्दा करिब आठ लाख विद्यार्थी बीच बाटोमै हराउँछन् । किन ?

मातृभाषाको गल्ती सच्याऊ

नेपाली भाषा नेपालको राष्ट्रभाषा बनेको तुलनात्मक रूपमा बढी अर्थात् आधा जनसंख्याले बोल्ने भाषा भएकाले होइन । यसले यो स्वरूप धारण गर्नुको कारण विजेता जातिको भाषा हुनु पनि होइन। नेपाली भाषा राष्ट्रभाषा हुनुको मूल कारण नेपालका भाषामध्ये कुनै पनि यसको उत्तम विकल्प हुन नसक्ने भएकाले नै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्