२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गुजरात पुल दुर्घटनाः मृत्यु हुनेकाे संख्या १ सय ४१ जना पुग्याे (अपडेट)

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो। हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ। कैयौँ हराइरहेका छन्। बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो।

जीर्ण बन्दैछन् झोलुङ्गे पुल

सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि झ्याडीखोलाको जस्तै जिल्लाका एक दर्जन झोलुङ्गे पुल ओझेलमा परेका छन्।

लामो पुलले बढायो बागलुङमा पर्यटक

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन्। धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ। लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ। पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ।

झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित

प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन्।

खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी फेरि खोलामै

नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन्। जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन्। पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउ छन्।

झोलुङ्गे पुल बगाएपछि समस्यामा थलारावासी

केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले रु ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए।

बागलुङमा दोस्रो लामो पुल बन्ने

बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो।

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ।

‘चामे जान काम पर्छ, पुल छैन’

मर्स्याङदी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो।

चामेको झोलुङ्गे पुल बगायो: आवतजावतमा सकस

जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ।

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भासिएर मर्स्याङदीमा डुब्यो

गोरखा नगरपालिका १४ र तनहुँको आँबुखैरेनी गाउँपालिका २ जोड्ने झोलुङुगे पुल भासिएर मर्स्याङदीमा डुबेको छ।

चौतर्फी आलोचना भएपछि झोलुङ्गे पुलमा लगाइएको कर हटाइयो

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ। सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ।

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनेः मन्त्री फुयाँल

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन्।

झोलुङ्गे पुलले छोट्यायो दूरी, दुई घण्टा लाग्ने बाटो अब १५ मिनेटमा

भेरीगंगा नगरपालिका–२ जग्दीका ९१ वर्षीय डिलबहादुर कामी घरदेखि १५ मिनेटको पैदलयात्रा तय गरेर तरकारी र फलफुल विक्रीका लागि रत्नराजमार्ग आइपुग्छन्। बारीमा फलेको तरकारी र फलफुल सडक छेउमा बसेर विक्री गर्छन्। ‘छिन्चु खोलामा झोलुङ्गे पुल बनेपछि बारीको उत्पादन विक्री गर्न सहज भएको छ,’ कामीले भने, ‘गाउँलेको आम्दानी पनि बढेको छ।’

बागलुङ–पर्वत जोड्ने लामो झोलुङ्गे पुल सर्वसाधारणलाई खुला

बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे पुल शुक्रबारदेखि औपचारिक रुपमा सर्वसाधारणलाई खुल्ला गरिएको छ। कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्