७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भासिएर मर्स्याङदीमा डुब्यो

गोरखा नगरपालिका १४ र तनहुँको आँबुखैरेनी गाउँपालिका २ जोड्ने झोलुङुगे पुल भासिएर मर्स्याङदीमा डुबेको छ। 

मर्स्याङदी नदी माथिको उक्त पुल बिहिवार रातीको बाढीले भासिएको हो। आवतजावत पूर्ण रुपमा ठप्प भएको गोनपा १४ कि वडा सदस्य बिना कैनीले बताईन्।  

तनहुँ तर्फको पुलको भाग भासिएको छ। पुल पानीमा डुबेपछि आउजाउ गर्न स्थानीयलाई समस्या भएको बताएका छन्। 

निरन्तर वर्षात भईरहेको र पुल नदीमा डुबेकाले थुनिएर थप समस्या हुन सक्ने भन्दै स्थानीय चिन्तित रहेको वडा सदस्य कैनीले बताईन्।

प्रकाशित: १८ असार २०७८ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App