६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

लकडाउनमा मासियो वन

कोरोनाका कारण चैत ११ गतेदेखि देश लकडाउनमय भएका बेला कैलालीको वन अतिक्रमणको चपेटामा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोके लगत्तै वनमाफियाहरुको आँखाको तारो बनेको सो क्षेत्रको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र लकडाउनका कारण चैतपछि भने अतिक्रमणको उच्च चपेटामा परेको हो ।

लकडाउनमा वन अतिक्रमण गरि बनाइएका टहरा आगो लगाई नष्ट गरियो

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्नेका टहरा भत्काई आगो लगाइएको छ। लकडाउनको मौका छोपि राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्रा टहरा भत्काई आगो लगाइएको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो।

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु गरिएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो।

चार वर्षपछि टहरा छाडेर घर सरे प्रहरी

‘नागरिक प्रहरीको सहकार्य बाट समजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ‘प्रहरी सुदृढिकरण अन्र्तगत यसरी भौतिक पूर्वाधार सम्पन्न बनाउन सकियो भने नागरिकको सेवा र सुरक्षामा पनि प्रहरीलाई मद्धत पुग्छ।’

टहरामै तिहार

२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ। घर पुनःनिर्माण गर्न नसकेका उनीहरूकवर्षको तिहार पनि टहरामै बित्ने निश्चित भएको हो। विविध कारणले भूकम्पले भत्केका घर उनीहरूले चाहेर पनि पुनःनिर्माण गर्न सकिरहेका छैनन्।

हटाइए मापदण्ड मिचेर बनेका घरटहरा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर निर्माण गरिएका थप ६ वटा टहरा हटाएको छ। गत सोमबार मध्यपहाडी मिचेर बनाइएका चारवटा टहरा हटाएको नगरपालिकाले बुधबार थप ६ स्थानीयको टहरा हटाएको हो।

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु गरेकोे छ। मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन सुरु गरिएको हो।

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो। करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ।

भत्काइए ५० घरटहरा

मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत नयाँरोड–बरहथवा सडकखण्डभन्दा पश्चिमतर्फ धरहरामा आफ्नो जमिन अतिक्रमण गरेको भन्दै सागरनाथ वन विकास परियोजनाले सर्वसाधारणका ५० घरटहरा भत्काएको छ।

टहरामै भक्तपुरका भूकम्पपीडित

२०७२ सालको भूकम्पपछि निरन्तर टहरामा बसिरहेको भक्तपुरका धेरै भूकम्पपीडितको यो वर्षको जाडो पनि टहरामै बित्ने भएको छ। घर पुननिर्माण गर्न नसक्दा उनीहरू अझै अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य छन्।

न भोक न निद्रा, टहरामा बास

डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ।

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन एउटा बित्तिय संस्थालाई भाडामा लगाईदिएको छ।

भूकम्पले टहरामा बास, बाढीले उठिबास

शनिबार साँझ सिमसिम पानी परिरहुँदा भक्तपुरको लिवालीस्थित भूकम्पपीडित अस्थायी टहरमा बसिरहेका पीडितहरुको एउटै चिन्ता थियो, अब कहाँ बस्न जाने होला?

टहरामा पठनपाठन, त्रासमा विद्यार्थी

अरुणा तामाङ रानीपोखरीस्थित भानु मावि (दरबार हाइस्कुल) मा कक्षा ८ मा पढ्छिन्। उनी विद्यालयकी नियमित विद्यार्थी हुन्।

मापदण्ड विपरितका घर टहरा हटाउने तयारीमा नगरपालिका

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने तयारी थालेको छ। नगरपालिकाको मापदण्ड पूरा नगरी नगरभित्रका विभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने तयारी थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्