२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भारतसँग यसरी हुँदैछ सहमति : चीन

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले समस्या समाधानका लागि दुई देशका कमान्डरस्तरका सैनिक अधिकारीबीच पाँचौं चरणको वार्ता तयारी भइरहेकाले सीमा क्षेत्रबाट दुवै देशका सैनिक पछाडि हटेको जानकारी दिएका हुन् ।

नेपाली राजनीतिका किङमेकरः पहिले भारत, अहिले चीन

राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।

चीनसँग टक्कर परिरहेका बेला भारतीय रक्षामन्त्री सिंह किन गए रुस ?

सोमबार रुसको मस्को प्रस्थान गर्नुअघि भारतीय रक्षामन्त्री सिंहले ट्विट गर्दै भनेका छन्, ‘म तीन दिनका लागि मस्को भ्रमण निस्किएको छु। यो भ्रमणले भारत र रुसबीच रक्षा र सामरिक साझेदारीलाई मजबुत बनाउन वार्तालापको मौका प्रदान गर्नेछ।’

भारतका प्रधानमन्त्री मोदीलाई पूर्वप्रधानमन्त्री सिंहको सुझावः बोल्दा विचार पुर्‍याऊ

सीमा क्षेत्र गलवान उपत्यकामा चीनसँग झडप हुँदा २० भारतीय सैनिकको निधन भएको सन्दर्भमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री सिंहले यस्ता विषयमा अभिव्यक्ति दिँदा शब्द चयनमा गम्भीर बन्न मोदीलाई सचेत गराएका हुन्।

भारत-चीन द्वन्द्व समाधानका लागि दुवै देशसँग कुरा गरिरहेका छौं : ट्रम्प

सीमाका विषयमा दुई देशबीच भएको झडपपछि विकसित परिस्थिति अमेरिकाले नियालिरहेको उल्लेख गर्दै ट्रम्पले यस विषयमा चीन र भारत दुवैसँग आफ्नो कुरा पनि भइरहेको बताएका हुन्।

झडप हुँदा समातिएका १० भारतीय सैनिकलाई चीनले गर्‍याे रिहा

सीमा क्षेत्र गलवान उपत्यकामा हिंसात्मक झडप भएको तीन दिनपछि चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई मुक्त गरेको छ।

सीमामा भारतसँग झडपबारे चीनको प्रतिक्रियाः गल्ती हाम्रो होइन

त्यो घटना दुई देश (चीन–भारत) को सीमाको लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखाको चिनियाँ क्षेत्रपट्टि भएको दाबी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गरेका छन्।

लिपुलेक त्रिदेशीय समस्या : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन्।

सीमा विवादकाे समाधान खोज्न भारत र चीन सहमत

हालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दालाई उठाउन खोजेको चीन र भारतका सीमासम्बन्धी प्रतिनिधिहरुले विश्वासको वातावरण बनाउन शनिबार ‘एकअर्काका संवेदनशीलता र सरोकारहरुलाई सम्मान’ गर्ने विषयमा पनि सहमति गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।

भारतको प्रदूषण चीनको भन्दा किन खतरनाक छ ?

भारत र चीन एसियाका दुई ठूला उदयमान शक्ति राष्ट्र हुन् तर यी दुवै देशका राजधानी भने चरम प्रदूषणबाट गुज्रिरहेका छन्।

सम्बन्धको कसीमा नेपाल र भारत–चीन

भारत तथा चीनबीच सम्बन्ध प्रगाढको विषय हाम्रानिम्ति ‘बेगानी शादी में अब्दुल्ला दिवाना’ हुनु मात्र होइन। यसमा नेपालको आफ्नै सरोकार, हित र समृद्धिका स्वार्थ पनि लुकेका छन्।

चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ। भारत सरकारले पञ्जाब र राजस्थानमा दुई हजार एक सय किलोमिटर भन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लूडीको डकुमेन्टले देखाएको छ।

मलाई लाग्दैन मेरो जीवनकालमा चीन र भारतको रेल देखिने छ : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, 'यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।'

भूगोलको कारण पनि नेपाल चीनसँग नजिक हुन सक्दैन : भारतीय सेनाध्यक्ष

भारतका सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटान भारतबाट टाढा हुन नसक्ने बताएका छन्। पहिलो विमस्टेक सैन्य अभ्यास ‘माइलेक्स–१८’ समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै रावतले भौगोलिक कारणले उनीहरु भारतसँग ढल्कनै पर्ने बताए।

उत्तरतिरको उदारता

तेस्रो मुलुकसँग स्थलमार्गबाट व्यापार गर्न अहिलेसम्म भारतीय बाटोबाहेक अन्य विकल्प नभएका बेला नेपाल र चीनबीच पारवहन सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्