७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतसँग यसरी हुँदैछ सहमति : चीन

विवाद समाधानका लागि भारत–चीन दुवै देशका सैनिक सीमा क्षेत्र लद्दाखका धेरै स्थानबाट पछि हटेका छन् ।  

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले समस्या समाधानका लागि दुई देशका कमान्डरस्तरका सैनिक अधिकारीबीच पाँचौं चरणको वार्ता तयारी भइरहेकाले सीमा क्षेत्रबाट दुवै देशका सैनिक पछाडि हटेको जानकारी दिएका हुन् ।  

चीनको विदेश मन्त्रालयले भनेको छ, ‘दुवै पक्षबीच सैन्य एवं कूटनीतिक तहमा वार्ता गरी धेरैजसो ठाउँबाट सैनिक फिर्ता गराउने काम पूरा गरिएको छ ।’  

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको प्रश्नमा प्रवक्ता वेनबिनले ‘अवस्था सामान्य हुने दिशातर्फ अघि बढेको’ बताएका छन् । उनले भने, ‘दुई देशबीच कमान्डरस्तरमा चार चरण वार्ता भइसकेका छन् । सीमासँग सम्बन्धित र समन्वय गर्नेबारे तीनवटा छलफल पनि भएका छन् ।’

तर यसअघि शनिबार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको खबरअनुसार पेट्रोलिङ प्वइन्ट १५, गोगरा क्षेत्र र गलवान उपतयकामा भारत र चीनका सैनिक पछि हटेका हुन् । पान्गोन्स त्सो तालसँग जोडिएका क्षेत्रबाट भने अझै सैनिक हटेका छैनन् ।  

प्रकाशित: १३ श्रावण २०७७ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App