९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘बालुवाटार पसेको दिनदेखि प्रत्येक प्रधानमन्त्रीको चाहना : भारत र चीनको भ्रमण गरिहाल्ने’

रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।

भारत र चीनबीचकाे सीमा क्षेत्रलाई शान्त बनाउने प्रतिवद्धता

भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताएका छन्।

नेपालमा भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छ : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन्।

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्।  नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ : चीन

चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बताए।उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताए।

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

नेपालले उछिन्यो भारत र चीनलाई

नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

दुई कोरियाबीचको वार्ताको भारत र चीनद्वारा स्वागत

दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन्। कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन्।

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए।

वाम गठबन्धनले भारत र चीन सन्तुष्ट : एमाले नेता भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले छिमेकी मुलुक भारत र चिन नेपालका राजनीतिक दलका पछिल्ला गठबन्धन र समीकरणबाट सन्तुष्ट भएको बताएका छन्।

भारत र चीनसँग सम्बन्धको नयाँ आधार : 'त्रिदेशीय साझेदारी'

'देशगत रणनीति तर्जुमा गरी मित्र राष्ट्रहरुसँगको सम्बन्ध विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। आर्थिक महाशक्तिका रुपमा उदीयमान दुई विशाल छिमेकी (भारत र चीन) सँगको त्रिदेशीय साझेदारी अभिवृद्धि गर्न पहल गर्दै राष्ट्रिय समृद्धि हासिल गर्न जोड दिइनेछ।'

भारत-चीन वाक्युद्ध र नेपाल

यी दुईको झगडामा बोल्नु हाम्रा लागि हितकर र आवश्यक दुवै छैन। तीनैवटा छिमेकी देशमध्ये कसैले आफ्नो पक्षमा बोल्न दबाब दिए भने पनि त्यसबाट बच्नुपर्छ।

भारत र चीन वार्ता गर : अमेरिका

एक महिना भन्दा लामो समयदेखि भारत र चीनबीच दोक्लम क्षेत्रमा देखिएको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाले आग्रह गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भारत–भुटान–चीनबीचको सीमा क्षेत्रमा उत्पन्न तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको बताइएको छ।

नेपालबारे भारत-चीन मिडिया जुहारी

'हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो।

सेमिफाइनलमा भारत र चीनका खेलाडी

नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा भारतीय खेलाडीमात्र पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्