९ मंसिर २०८१ आइतबार
image/svg+xml

'भारत र चीन हाेइन, नेपालपरस्त भएर काम गरेका छाैं'

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अाफूहरू भारत र चीन परस्त नभर्इ नेपालपरस्त भएर काम गरिरहेकाे बताएका छन्। छिमेकी मुलुकसित सम्बन्ध विस्तार र वैदेशिक रोजगारीमा रहेका नेपालीको हित र सुरक्षा गर्ने विषयलार्इ आफूहरुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारत वा चीनपरस्त भएर सरकार चलेको भन्ने टिप्पणीमा विश्वास नगर्न उनले आग्रह गरे।

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

भारत र चीनले पठाउँछन् दाजुभाइलाई खुवाउने ओखर

तिहारमा दिदीबहिनीले दाजुभाइलाई परिकारका रुपमा खुवाउने ओखर, बदाम चीन र भारतबाट आउने गरेको छ । देशमा ओखर उत्पादनका लागि उपयुक्त भूगोल हँुदाहुँदै पनि परनिर्भता बढ्दै जाँदा ओखर आयातमा बर्सेनि करोडौं रुपैयाँ बिदेसिने गरेको छ ।

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया स्थगित

संसदीय सुनुवाई विशेष समितिले भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाईको मिति अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ। बुधबार समितिले भारतकालागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनकालागि प्रस्तावित राजदूत लिलामणि पौडलमाथि परेका उजुरीमाथि छानविन गरेको थियो।

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

'हामी भारत र चीनको चियो गर्न आएका होइनौं'

दक्षिण र मध्य एसियाली मुलुकका लागि अमेरिकी सहायक मन्त्री निशा देसाई विसवालले नेपालसहित विश्वका ११ मुलुकको विदेश नीति हेर्छिन्। सन् २०१३ मा सहायक मन्त्री नियुक्त भएयता उनले नेपालका घटनाक्रमलाई निकटबाट नियालिरहेकी छन्। विसवालले भर्खरै सम्पन्न आफ्नो नेपाल भ्रमणका क्रममा नयाँ सरकार र भूकम्पपछिको पुनर्निर्माणका अतिरिक्त सम्पूर्ण राजनीतिक प्रक्रियाका विषयमा बुझ्न भ्याइन्।

भारत र चीनलाई 'परिपक्व' सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले दुई छिमेकी भारत र चीनका निम्ति दुई राजदूतको सिफारिसमार्फत कूटनीतिक गाम्भीर्यको संकेत गरेको छ। पूर्ववर्ती केपी शर्मा ओलीले भारतबाट असमयमै फिर्ता गरेका दीपकुमार उपाध्यायलाई पुनः सोही देशको राजदूतमा सिफारिस गरेर दाहाल सरकारले उनीमाथि न्याय मात्र गरेको छैन, सम्बन्ध सुधारमा नेपाल संवेदनशील रहेको भारतलाई समेत सन्देश पनि दिएको छ

भारत र चीनका लागि राजदूत सिफारिस

मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

दुई उपप्रधानमन्त्री भारत र चीन जाँदै

सरकारले दुई छिमेकीसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुई उपप्रधानमन्त्री भारत र चीन पठाउने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले छिमेकीसँग सम्बन्ध सुधार र आपसी मित्रता कायम गर्न गृहमन्त्रीसमेत रहेका विमलेन्द्र निधिलाई भारत र अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउन लागेको हो। उनीहरू आगामी भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा ती देश जाँदै छन्।

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्