८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

झडप हुँदा समातिएका १० भारतीय सैनिकलाई चीनले गर्‍याे रिहा

फाइल तस्बिर

सीमा क्षेत्र गलवान उपत्यकामा हिंसात्मक झडप भएको तीन दिनपछि चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई मुक्त गरेको छ।  

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० भारतीय सेनालाई बिहीबार साँझ चीनले रिहा गरेको हो।  

एक सुरक्षा सूत्रले जानकारी दिएको उल्लेख गर्दै द हिन्दुले लेखेको छ- ‘बुधबार साँझ मेजर जनरलस्तरमा भएको वार्तामा एक खालको सम्झौता भएपछि बिहीबार साँझ ५ बजेतिर उनीहरूलाई छाडिएको हो।’  

यो पनि पढ्नुहोस्

भारत–चीन सीमामा झडप : कर्नेलसहित २० भारतीय सैनिक मारिए

गत सोमबार राति भारत–चीन सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप भएको थियो। 

त्यस क्रममा आफ्ना २० सैनिक मारिएको भारतले पुष्टि गरिसकेको छ। साथै उसले चीनतर्फ पनि सैनिक मारिएको दाबी गरेको छ। तर चीनले यसबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन।  

यो पनि पढ्नुहोस्

सीमामा भारतसँग झडपबारे चीनको प्रतिक्रियाः गल्ती हाम्रो होइन

प्रकाशित: ५ असार २०७७ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App