९ आश्विन २०८१ बुधबार
image/svg+xml

शाहद्वारा एक करोडका स्वास्थ्य उपकरण हस्तान्तरण

संविधानसभा पूर्व सदस्य एवं नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले कोरोना संक्रमणसँग लड्नका लागि कर्णाली प्रदेश सरकारलाई एक करोडका स्वास्थ्य उपकरण र सामाग्री हस्तान्तरण गरेका छन् । शाहले आफु अध्यक्ष रहेको कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताललाई पाँच वटा आइसीयू बेडसहित इसीजी मेसिन, प्यासेन्ट मनिटरलगायतका ७० लाख र १० वटै जिल्लाका जिल्ला अस्पतालका लागि तीन–तीन लाखका स्वास्थ्य उपकरण शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा कर्णाली प्रदेश अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री लिन टिपताला गएकाे टोली रित्तै फर्कियो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि दिने पूर्व घोषित स्वास्थ्य सुरक्षाका सामग्री प्राविधिक समस्याका कारण तत्काल टिपताला ल्याउन कठिनाई रहेको बताएपछि सामान लिन ओलाङ्चुङगोलासम्म पुगेको नेपाली अधिकारीको टोली रित्तै फुङ्लिङतर्फ फर्किएको छ।

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

जिल्ला अस्पताल खोटाङमा सिसिआरका लागि स्वाब संकलन गर्न उपयोग गरिने भिटिएम लगायतका स्वास्थ्य सामग्री आइपुगेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट पिसिआरका लागि स्वाब संकलन गर्नेक्रममा उपयोग गरिने १० लाख ८५ हजार मूल्य बराबरको प्याकिङ मेटेरियल सहितको पाँच सय थान भिटिएम आइपुगेको हो

डिङ्जी काउन्टीले दिने स्वास्थ्य सामग्री लिन गएको टोली ओलाङचुङगोलामा

डिङ्जी काउन्टी सरकारले -यापिड डाइग्नोस्टिक किट १ हजार २ सय थान, एन–९५ माक्स १ हजार २ सय थान,पिपिई १ हजार १ सय थान, १ सय थान थर्मलगन र १ लाख १० हजार थान सर्जिकल मास्कसहितका करीब ८३ काटन सामग्री ताप्लेजुङका लागि दिन लागेको छ ।

डिङ्जी काउन्टीले दिने स्वास्थ्य सामग्री लिन गएको टोली ओलाङचुङगोलामा

डिङ्जी काउन्टी सरकारले ¥यापिड डाइग्नोस्टिक किट १ हजार २ सय थान, एन–९५ माक्स १ हजार २ सय थान,पिपिई १ हजार १ सय थान, १ सय थान थर्मलगन र १ लाख १० हजार थान सर्जिकल मास्कसहितका करीब ८३ काटन सामग्री ताप्लेजुङका लागि दिन लागेको छ ।

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको एक लाख रुपैयाँ बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ।

जाजरकोटका स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोक्ने काममा सहयोग गर्नका लागि ‘सेभ द चिल्ड्रेन’ले जाजरकोटका तीन स्थानीय तहहरु र स्वास्थ्य सेवा कार्यालयलाई विभिन्न सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

हवाई मार्गबाट स्वास्थ्य सामग्री

कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने १८.७ टन स्वास्थ्य सामग्री मंगलबार चीनबाट हवाईमार्ग हुँदै काठमाडाैं ल्याइपुर्याइएको छ । नेपाली सेनामार्फत खरिद भएको उक्त सामग्रीमध्य अत्यावश्यक स्वास्थ्य सामग्री हवाईमार्गबाट ल्यायउको र बाँकी स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याइँदै गरेको सेनाले जनाएको छ ।

पूर्वसांसद शाहद्वारा एक करोडको स्वास्थ्य सामग्री सहयोग

जाजरकोटका पूर्वसांसद राजीवविक्रम शाहलेले कर्णाली प्रदेशका अस्पतालहरूलाई एक करोड रूपैयाँबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

सरकार सांसदको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सकेन : रिजाल

झन्डै ३ घण्टा लगाएर सरकारको नीति र कार्यक्रम वाचन भयो । संवेदनशीलताको पराकाष्ठा हो । संसद्को सुरक्षा एउटा व्यक्तिको सुरक्षा होइन । एउटा मौरीमा फैलियो भने पुरै घारमा कोरोना फैलिन्छ । पुरै घारलाई फैलियो भने यो संसद् क्वारेन्टिनमा जानुपर्ने हुन्छ ।

कोरोना रोकथामका लागि चीनले दियो ४० हजार थान पीसीआर किट

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन्।

सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै गाउँपालिका

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरणको तयारी गरेको छ। लकडाउनको अवधि (चैत र वैशाख) मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अवस्थामा सुत्केरी महिलालाई गाउँपालिकाले चना, केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खाद्य वस्तु वितरणको तयारी गरेको हो।

तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पठायो खाद्य सामग्रीसहित पीपीई

चीनको स्वसासित क्षेत्र तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) पठाएको छ ।

वृद्धाश्रमलाई खाद्य सामग्री सहयोग

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला समस्यामा परेका राजधानीका दुई वृद्धाश्रमलाई मानवअधिकार तथा शान्ति समाजले खाद्य सामग्री सहयोग गरेको छ।

भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार एक कार्यक्रमबीच सामानहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर अस्पताललाई पि.पि.ई.४० सेट, मास्क ४० वटा, फेस शिल्ड १० वटा, आईज गुगल्स १० वटा हस्तान्तरण गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्