६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

हवाई मार्गबाट स्वास्थ्य सामग्री

कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने १८.७ टन स्वास्थ्य सामग्री मंगलबार चीनबाट हवाईमार्ग हुँदै काठमाडाैं ल्याइपुर्याइएको छ । नेपाली सेनामार्फत खरिद भएको उक्त सामग्रीमध्य अत्यावश्यक स्वास्थ्य सामग्री हवाईमार्गबाट ल्यायउको र बाँकी स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याइँदै गरेको सेनाले जनाएको छ । 

मंगलबार आइपुगेका सामग्रीमा पिपिई, माक्स, पिसिआई टेस्टिङ किटलगायत १४ किसिमका स्वास्थ्य सामग्री रहेका छन् । सेनाले चीनको ग्वान्जाओबाट तातोपानी हुँदै स्थलमार्गबाट पनि आवश्यक सामग्री काठमाडौ भित्र्याइसकेको छ । बाँकी सामग्री पनि आउने क्रममा रहेको सेनाले जनाएको छ ।  

सरकारले स्वास्थ्य सेवा विभागमार्फत ओम्नी ग्रुपसँगको सहकार्यमा चीनबाट ल्याएका स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यमा प्रश्न उठेपछि उक्त सम्झौता खारेज गरेर औषधि खरिदको जिम्मा सेनालाई दिएको थियो ।  

प्रकाशित: ७ जेष्ठ २०७७ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App