९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सामग्री लिन टिपताला गएकाे टोली रित्तै फर्कियो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि दिने पूर्व घोषित स्वास्थ्य सुरक्षाका सामग्री प्राविधिक समस्याका कारण तत्काल टिपताला ल्याउन कठिनाई रहेको बताएपछि सामान लिन ओलाङ्चुङगोलासम्म पुगेको नेपाली अधिकारीको टोली रित्तै फुङ्लिङतर्फ फर्किएको छ। प्राविधिक समस्या देखाउँदै तत्काल स्वास्थ्य सुरक्षाका सामग्री टिपताला ल्याउन कठिनाई रहेको बताएपछि ओलाङ्चुङगोला पुगेको टोली २ दिन त्यही बसेर शुक्रवार फुङ्लिङतर्फ फर्किएको हो।

डिङ्जी काउन्टी सरकारले दिने स्वास्थ्य सुरक्षाका सामग्री बुझ्न टिपतालासम्मको यात्रा गन्तब्य तय गरेका नेपाली अधिकारी तत्काल सामग्री प्राप्त हुन नसक्ने तिब्बतको डिङ्जी काउन्टी सरकारको संकेतपछि गोलाबाटै फिर्ता भएको टोलीका एक सदस्य एवम् जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारीले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाको नेतृत्वमा मंगलवार गोला पुगेको टोलीलाई प्राविधिक समस्याका देखिएको भन्दै डिङ्जी काउन्टी सरकारका अधिकारीले आफुहरुले टिपतालातर्फ लाग्दा हुने सूचना दिएपछि मात्र यसतर्फ आउन आग्रह गरेका थिए। सूचनाको पर्खाइमा बुधवार र बिहीबार गोलामै बसेको टोली तत्काल टिपताला सम्म सामग्री ल्याउन कठिनाई भएको डिङ्जी काउन्टी सरकारको संकेतपछि शुक्रवार बिहान गोलाबाट फुङ्लिङतर्फ प्रस्थान गरेको टोलीका सदस्यहरुले बताएका छन्।

पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार डिङ्जी काउन्टी सरकारका अधिकारीले नेपाली अधिकारीको टोलीलाई कोभिड–१९ बिरुद्ध लड्ने जनशक्तिका लागि आवश्यक पर्ने सामग्री टिपतालामा बुझाउने कार्यक्रम थियो। गोलाबाट करिव २५ किलोमिटर टाढा रहेको टिपताला नेपाल–तिब्बत सीमा क्षेत्र हो। डिङ्जी काउन्टी सरकारले ¥यापीड डाईग्नोस्टिक किट १ हजार २ सय थान,एन–९५ माक्स १ हजार २ सय थान,पीपीई १ हजार १ सय थान,१ सय थान थर्मलगन र १ लाख १० हजार थान सर्जिकल मास्क सहितका करिव ८३ काटन सामग्री ताप्लेजुङका लागि दिने गरी कार्यक्रम तय गरेर नेपाल सरकारलाई कुटनीतिक पत्राचार गरेको थियो। 

प्रकाशित: ९ जेष्ठ २०७७ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App