६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

निलो प्लेटको गाडी चढेर संकटमा कालोबजारी

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ परेका छन्। त्यो पनि कुटनीतिक निगोगको सवारी सधान प्रयोग गरेर कालोबजारी गरेको अवस्थामा। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो। कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका २०९८ सीसी वान नम्बरको निलो प्लेटको गाडी प्रयोग गरेका थिए।

कालोबजारी आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको हो।

‘लकडाउन’को मौका पारेर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही

खोटाङको रावाबेँसी गाउँपालिकामा ‘लकडाउन’को मौका पारेर उपभोग्य वस्तुको मूल्य बढाएर बिक्री गर्ने व्यवसायी कारबाहीमा परेका छन्। रावाबेँसी गाउँपालिका–६ हौंचुरमा वडा कार्यालय नजिकै खुद्रा व्यवसाय सञ्चालन गर्दै आएका सिराहाका दिपेन्द्र चौधरी कारबाहीमा परेका हुन्। चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको चर्को मूल्य वृद्धि गरेर बिक्री गरिरहेको जनगुनासो आएपछि चौधरीलाई वडा कार्यालयले कारबाही गरेको हो।

कालोबजारी रोक्न अनुगमन

‘लकडाउन’को अवधिमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बजार अनुगमन गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको ‘लकडाउन’को अवधिमा हुने मूल्यवृद्धि एबं कृत्रिम अभाव नियन्त्रणका लागि गाउँपालिकाले सोमबार डाँडागाउँस्थित ओख्रेका खुद्रा तथा किराना पशल अनुगमन गरेको हो।

कालोबजारी रोक्न बजार अनुगमन

‘लकडाउन’को अवधिमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बजार अनुगमन गरेको छ।

११ हजार थान मास्क बरामद

विराटनगरस्थित श्री सर्जी इम्पेक्सले लुकाइछिपाई राखेको ११ हजार थान मास्क बरामद भएको छ। विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनका क्रममा सर्जी इम्पेक्सले लुकाइछिपाई राखेको अवस्थामा ११ हजार ४ सय थान माक्स बरामद गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

मास्क र स्यानिटाइजरमा कालोबजारी गर्ने चार पक्राउ

जनकपुरमा मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषाबाट अनुगमनका लागि संयुक्त रुपमा खटिएको टोलीले औषधि पसलमा मास्क र स्यानिटाइजर हुँदाहुँदै छैन भन्ने र चर्को मूल्यमा बेचेको आरोपमा चारै जनालाई प्रहरीले पक्राउ गरेको हो।

कालोबजारी गर्नेलाई तीन लाख जरिवानासहित ५ वर्ष जेल

बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ। कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवानासहित ५ वर्ष जेल सजाय हुने बताएको हो।

मास्कमा कालोबजारी: १० लाख ८ हजार मास्कसहित पाँच पक्राउ

चीनबाट मास्क आपूर्ति हुन छाडेको छ। त्यसकारण एक महिनायता नेपालमा मास्कको खडेरी नै परेको छ। विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसको जोखिमबाट जोगिन मास्क लगाउन सुझाएसँगै त्यसको खोजी गर्नेको संख्या ह्वात्तै बढेको छ।

कोरोना उछिँन्दै कालोबजारी

चावहिलका दिनेश धितालले विगतदेखि नै ५ रुपैयाँ पर्ने माक्स १० रुपैयाँमा किन्दै आएका थिए। तर, केही दिनदेखि उनले एउटा माक्सलाई ३० रुपैयाँ तिर्नुपरेको छ।

कोरोना आतंक र कालोबजारी

अहिले केही लाख मानिस २/४ महिनाको उपभोग्य वस्तु जोहो गर्ने हैसियतमा होलान्, भोलि त्यो अवस्था पनि केही हजारमा सीमित हुन पुग्यो भने ?

कालोबजारी विरुद्ध नागरिक सडकमा

कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्।

सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, बढी मूल्य लिए कारवाही भोग्नुपर्ला

सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

कोरोना बहानामा कालोबजारी, मूल्यवृद्धिको मारमा उपभोक्ता

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्। अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्