२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

८० को मास्कलाई ४५० !

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्।

कालोबजारी नियन्त्रण माग गर्दै विभागको ध्यानाकर्षण

कुखुराको चल्ला र दानामा अत्याधिक मूल्य वृद्धि हुँदा समेत चासो नदेखाएको भन्दै राष्ट्रिय कुखुरापालक संघर्ष समिति नेपालले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको छ।

कालोबजारी बढ्यो : संसदीय समिति

बजारमा अचाक्ली मूल्य वृद्धि भइरहेको बेला संसदीय समितिले बजारमा कालोबजारी बढेको निष्कर्ष निकालेको छ। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको बैठकले कालोबजारी बढेको कारण उपभोक्ता ठगिएको जनाएको छ।

अनुदानको मलमा कालोबजारी, किसान मारमा

सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहुँखेती प्रभावित हुने भयले चिन्तित छन्।

महँगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनको माग

अनेरास्ववियू पाचौंको कार्यालय रातोपुलमा बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले चार बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ।

रसायनिक मलको कालोबजारी गर्ने दुइजना पक्राउ

बिक्रिका लागि तोकिएको भन्दा बढी मूल्य लिएर रसायनिक मल बिक्रि गरेको पाइएपछि सारश्वरस्थित रोहित खाद्य भण्डार तथा जेनरल स्टोरका सञ्चालक ४२ वर्षीय सन्तोष प्रसाद गुप्ता र अनिल खाद्य एवं जेनरल स्टोरका सञ्चालक ४५ वर्षीय भगिरथ साहलाई पक्राउ गरि कारबाहीअघि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए।

रक्सीसँग यार्सा सटही

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

‘सरकारकै संरक्षणमा कालोबजारी’

पछिल्लो समयमा सरकारकै संरक्षणमा कालोबजारी मौलाएको उपभोक्ता अधिकारका लागि काम गर्ने अभियन्ता लगायतले आरोप लगाएका छन्। वीरगन्जमा मंगलवार आयोजित उपभोक्ता सचेतना सम्बन्धी गोष्ठी कार्यक्रमका सहभागिले कालोबजारी सरकारकै संरक्षणमा हुर्किएको आरोप लगाए।

‘सात पम्पलार्इ पेट्रोल रोक्नू’

बजारमा पेट्रोलियम पदार्थ अभाव भएको मौका छोपी पेट्रोल लुकाएर कालोबजारी गर्ने सात पेट्रोल पम्पमाथि सरकारले कारबाही सुरु गरेको छ।

सुनको कालोबजारी

बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो।

दोलखाका क्रसरबाटै गिट्टी बालुवा ‘कालोबजारी’

तामाकोसी नदी आसपासमा सञ्चालित क्रसर उद्योगहरुबाट निकालिएका गिट्टी बालुवामा सञ्चालकहरुकै मिलेमतोमा कालोबजारी भईरहेको छ।

कालोबजारीलाई डिजेल विक्री गर्ने सञ्चालक पक्राउ

कालोबजारी गर्नेलाई डिजेल विक्री गरेको आरोपमा सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सञ्चालित एक पेट्रोल पम्पका सञ्चालक पक्राउ परेका छन्। प्रहरीले देवानगञ्ज वडा नं. २ मा सञ्चालित गुप्ता आयल टे«डर्सका सञ्चालक अशोक गुप्तालाई सोमबार पक्राउ गरेको हो।

मरिच तस्करी र भारुको कालोबजारी

सीमावर्ती क्षेत्रमा मरिचको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दाको सन्जाल यतिखेर मौलाएको छ । कुनै बेला नेपाललाई चाहिनेभन्दा बढी सुपारी आयात गरी भारततर्फ अवैध निकासी गर्ने सन्जाल अब मरिच तस्करीतिर मोडिएको छ । अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कालोबारी पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ ।

कालोबजार ऐन र पसल अनुगमन प्रकरण

केही समयअघि दरबारमार्गका अन्तर्राष्ट्रिय ब्रान्डेड सामानखासगरी कपडा, जुत्ता र घडी बेच्ने केही पसलमा सरकारी निकायले अनुगमन गरेको थियो । उक्त अनुगमनका क्रममा व्यवसायीले उच्च नाफा राखी सर्वसाधारणलाई ठगी गरेको भन्दै सरकारी निकायले ती पसलहरूमा सिलबन्दी गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्