११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दर्शनार्थीलाई सुविधैसुविधा, १३ लाख भक्तजनले दर्शन गर्ने

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पुग्ने दशनार्थीले सुविधैसुविधा पाउने भएका छन्। पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय र अन्य संघसंस्थाले भक्तजनका लागि आवश्यक सबै बन्दोबस्त जुटाइसकेका छन्।

न्यायाधीशको सेवासुविधा बढाउन प्रस्ताव

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवासम्बन्धी परिमार्जन विधेयक संसद्मा दर्ता भएको छ। सांसदको सेवासुविधा वृद्धि भएको केही समयपछि न्यायाधीशको सेवासुविधा वृद्धि गर्ने विधेयक सदनमा दर्ता भएको हो।

चीनले सुरु गर्‍यो तीब्र गतिको विश्वकै लामो रेल्वे सेवा, विमानमा जस्तो सुविधा

चीनले तीब्र गतिको विश्वकै सबैभन्दा लामो रेल्वे सेवा सुरु गरेको छ। सांघाई–कुनमिङ २ हजार २ सय ५२ किलोमिटर लामो यो रेल सञ्जालले चीनलाई पूर्वदेखि पश्चिम दक्षिणसम्म जोड्नेछ।

आरक्षण सुविधा करियरमा एक पटक मात्र दिने तयारी

सरकारले निजामतीलगायत सेवामा समावेशी समानुपातिक आरक्षण सुविधा एकजनाले एकपटक मात्रै पाउने व्यवस्था गर्न लागेको छ । यस्तो सुविधा लक्षित वर्गका सीमित व्यक्तिले मात्र पटकपटक लिएपछि दुरुपयोग भएको गुनासो बढेको छ ।

सुविधा टुंगो नलाग्दा गरिबलाई कार्ड वितरण रोकियो

सरकारले गरिबीको रेखामुनि रहेका जनताले राज्यबाट केके सुविधा पाउने भन्ने टुंगो नलगाउँदा गरिब परिवार परिचयपत्र वितरण अलपत्र परेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब पहिचान गरिएका परिवारले पाउने सुविधाको टुंगो नलाग्दा परिचयपत्र वितरण अघि बढ्न नसकेको हो ।

साझाका ३० बस आइतबारदेखि गुड्ने, मोबाइल चार्ज गर्ने सुविधा

आइतबारदेखि साझाका सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुड्ने भएका छन्। उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित नयाँ गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ।

सांसद् तलब सुविधा वृद्धि विधेयक पारित

सर्वसाधारण जनता महँगीले आक्रान्त भइरहेका बेला सांसदले आफ्नो पारिश्रमिक र विविध सुविधा बढाउने विधेयक फास्ट ट्र्याकमा संशोधनसहित पारित गरेका छन्। पारित विधेयकमा सांसदलाई तलब, भत्ता र विविध सुविधासहित मासिक एक लाख रुपैयाँभन्दा बढी प्रदान गर्न प्रस्ताव गरिएको छ।

सुविधा बढाउन सांसदको माग

सांसदहरूले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरेका छन् । संसद्मा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले आफ्नो सुविधा समयअनुकूल बनाउन माग गरेका हुन् ।

सांसदको सुविधा बढाउन विधेयक संसदमा

सांसदको तलब सुविधा बढाउन कानुन बनाउने प्रक्रिया अघि बढेको छ। सांसदहरुको तलब भत्ता बढाउन शुक्रबार संसदमा विधेयक पेश हुन लागेको हो। शुक्रबार बस्ने संसद बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शंकर नायकले सांसदहरुको पारिश्रमिक र सुविधा बढाउने विधेयक पेश गर्ने कार्यसूचि छ।

दोहोरो सुविधा लिएको आरोपमा पूर्व कर्मचारी पक्राउ

उदयपुर- दोहोरो सुविधा लिएको आरोपमा उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका एक पूर्व कर्मचारीविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

कार्कीका सुविधा खोस्न रिट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखबाट निलम्बित अवस्थामा रहेका लोकमानसिंह कार्कीले प्रयोग गर्दै आएका सरकारी सुविधा खोस्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा  निवेदन दर्ता  भएको छ।

लोकमानलाई दिइएको सरकारी सुविधा रोक्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं- निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सेवा सुविधा रोक्न माग गर्दै सर्चोच्च अदालतमा निवेदन परेको छ। अधिवक्ता ओमप्रकास अर्यालले सिंहको सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै निवेदन दर्ता गराएका हुन्।

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

नेपाली कांग्रेसका सांसद राम अयोध्याप्रसाद यादबले सांसदहरुको भत्ता सुविधा बढाउन माग गरेका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले घरधनीले पत्रपत्रिकामा सांसदको तलब बढेको समाचार पढेर भाडा बढाएको भन्दै सांसदको तलब भत्ता बढाउन माग गरे।

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।

सुविधानगरलाई चिटिक्क बनाउने अभियानमा पूर्वमन्त्रीदेखि न्याधीशसम्म

काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्