११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।

‘हामीले हाललाई म्यासेन्जर डे फिचर पोल्याण्डमा परीक्षण गर्दैछौं। हाम्रा प्रयोगकर्ताले आफुले चाहेको साना साना शब्दालई भिडियो र ग्राफिक्सको प्रयोग गरि शेयर गर्न सकून भन्ने हामी चाहन्छौं।’

टेक क्रन्चकाअनुसार हाललाई ‘म्यासेन्जर डे फिचर पोल्याण्डमा परीक्षण गर्न लागेको जनाएको छ। फेसबुकले भनेको छ, ‘हामीले हाललाई म्यासेन्जर डे फिचर पोल्याण्डमा परीक्षण गर्दैछौं। हाम्रा प्रयोगकर्ताले आफुले चाहेको साना साना शब्दालई भिडियो र ग्राफिक्सको प्रयोग गरि शेयर गर्न सकून भन्ने हामी चाहन्छौं।’

यसको फिचरको प्रयोग गरी प्रयोगकर्ताले आफ्ना साथीहरुलाई कुनै पनि तस्विर शेयर गर्दा त्यसमा ग्राफिक्स अथवा टेक्सटका साथै भिडियो समेत उपयोग गर्न सक्नेछन्।

प्रयोगकर्ताले यसमा भएका माईडे, आइएम फिलिङ, हु इन अफ फर एण्ड आइएम डुइङ नामक विकल्पको प्रयोग गरी आफुले चाहेको कुरा आदान प्रदान गर्न सक्नेछन्। स्न्याप च्याटमा जस्तो मास्क फिचर भने यसमा रहने छैन।

फेसबुकले आफ्ना म्यासेन्जरलाई अझ रमाइलो बनाउन र अझ प्रभावकारी बनाउनका लागि नयाँ फिचर म्यासेन्जर डे सार्वजनीक गर्न लागेको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७३ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App