९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको निधन भएको छ। केही समयदेखि अस्वस्थ खानको ७१ वर्षको उमेरमा निधन भएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि २० जुनमा उनलाई बान्द्र स्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा उनलाई हृदयघात भएको थियो।

मुम्बईबाट फर्किएका युवक लेकमा मृत भेटिए

बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीच क्षेत्र पर्ने पोरखे लेकमा एक युवक मृत भेटिएका छन्। बुढीनन्दा नगरपालिका-९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ।

मुम्बईमा नेपाली

गुल्मीका मोतीलाल न्यौपाने मुम्बई गएको ३१ वर्ष भयो। उनी अहिले मुम्बईमा सफल व्यवसायीसँगै समाजसेवी भएका छन्। उनले मुम्बईमै उत्सो र सुरज नामका दुई होटल र डिस्को चलाउँछन्। उनले एक सय ५० जना भन्दा बढीलाई रोजगार दिएका छन् भने हरेक वर्ष मुम्बई सरकारलाई भारतीय रुपैयाँ ३० लाखभन्दा बढी कर बुझाउने गर्छन्।

मुम्बईमा भवन भत्किँदा ५० जना फसेको आशङ्का

भारतको मुम्बई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ।

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ। स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएकाे छ।

आइपिएल क्रिकेटः उपाधि होडमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स

इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल भिडन्त चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच हुने भएको छ। चेन्नईले शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटको हराउँदै मुम्बईसँगको फाइनल भिडन्त पक्का गरेको हो।

मुम्बईकाे उपाधि यात्रा तय

अनुशासित बलिङसँगै सूर्यकुमार यादवको अविजित अर्धशतकीय इनिङप्रेरित मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्समाथि ६ विकेटको जित निकाल्दै मंगलबार पाँचौं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।

मुम्बईसामु बेंग्लोरद्वारा १७२ रनको लक्ष्य प्रस्तुत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति भएको खेलमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बेग्ंलोरले रोहित शर्माको मुम्बई इन्डियन्सलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति भइरहको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ११ को सेटमा पर्न सफल भएनन्।

झन्डै ठोक्कियो काठमाडौं आउँदै गरेको विमान

मुम्बईको अति व्यस्त आकासमा शुक्रबार दुई अन्तर्राष्ट्रिय विमान ठोक्किनबाट बचेको ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ। भारतीय आकासमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेन्डको सावधानीका कारण ठोक्किनबाट जोगिएका हुन्।

शर्मिलाको सारा प्रेम

मुम्बईमा हालै भएको एक अवार्ड समारोहमा पुगेकी अभिनेत्री शर्मिला टेगोरले मिडियासँग खुलेर कुराकानी गरिन्। सारा अली खान, तैमूर अली खान र बायोपिक बनेमा त्यसमा साराको भूमिकाको विषयमा पनि उनी खुलिन्।

डिसिएद्वारा मुम्बई पुलिस पराजित

भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले विहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ।

बिक्रीमा ‘राज कपुर’ को स्टुडियो

बलिउड अभिनेता राज कपुरको नाममा ७० वर्ष अघि स्थापित आर के स्टुडियो बिक्री हुने भएको छ । मुम्बईको चेम्बुरस्थित स्टुडियोलाई बेच्नका लागि कपुर परिवारले सहमति जनाइसकेका छन्।

पञ्जाब, मुम्बई हुँदै मुख्यमन्त्री

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन भट्ट १६ वर्षको उमेरमा २०४२ सालमा रोजगारी खोज्दै भारत छिरे। स्कुल पढ्ने उमेरमा बुबाको मृत्युपछि जागिर खोज्न भन्दै भारत छिरेका भट्ट उतै राजनीतिमा लागे। प्रवासमा रोजगारीसँगै राजनीतिक गतिविधिमा संलग्न उनी अहिले भने प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन्।

सोनु निगमद्वारा मुम्बईमा बसन्त चौधरीको पुस्तक लोकार्पण

प्रसिद्ध कवि एवं गीतकार बसन्त चौधरीको नयाँ काव्य कृति ‘चाहतो के साये मे’ मुम्बईमा लोकार्पण गरिएको छ। बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले मुम्बईको जुहुस्थित जे. डब्लु मेरोइटमा आयोजित एक सांगीतिक कार्यक्रमका बीच पुस्तकलाई लोकार्पण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्