१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मुम्बईसामु बेंग्लोरद्वारा १७२ रनको लक्ष्य प्रस्तुत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति भएको खेलमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बेग्ंलोरले रोहित शर्माको मुम्बई इन्डियन्सलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मुम्बईले टस जितेर सुरु ब्याटिङ बेंग्लोरलाई सुम्पिएको थियो। बेंग्लोरले पूरै ओभर खेलेर ७ विकेटकाे क्षतिमा १७१ रन बनाउन सफल रह्यो। उसका लागि एबिडी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ७५ रन जोडे। त्यस्तै मोएन अलीले ५० रनको योगदान दिँदा ओपनर पार्थिव पटेल २० बलमा २८ रनमा आउट भए।

उनी हार्दिक पाण्ड्याको बलमा सूर्यकुमारको हातबाट क्याच आउट भएका थिए। त्यस्तै कप्तान विराट कोहली ८ बलमा मात्र ९ रनमा आउट भए। जोनसन बेहरडोर्फको बलमा क्वेन्टक डिककबाट उनी क्याच आउट भएका थिए। 

मुम्बईका लासिथ मालिंगाले अन्तिम ओभरमा लगालग सर्वाधिक ४ विकेट लिए। मालिंगाले ४ ओभरमा ३१ दिँदै ४ विकेट लिन सफल भए।

मुम्बई इन्डियन्सले जवाफि ब्याटिङ थालेकाे छ। 

 

प्रकाशित: २ वैशाख २०७६ १६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App