२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विप्लव नेकपाप्रति सरकार कठोर , ‘रातो घर’ प्रहरीले डोजर लगाएर भत्कायो

सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति कठोर बन्दै गएको छ। बुटवलमा शुक्रबार उक्त पार्टीले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्काएको छ। बुटवल पाल्पारोडस्थित तत्कालीन वाणिज्य बैंक कार्यालय रहेको घर सशस्त्र द्वन्द्वकै बेला माओवादीले कब्जामा लिएको थियो। त्यसयता माओवादीको कब्जामा रहेको ‘रातो घर’ पछिल्लो समय विप्लव नेकपाले पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो। केही दिनअघि प्रहरी र वाणिज्य बैंकका कर्मचारीले नेकपाको झन्डा, ब्यानर, कागजपत्र र कार्यालयमा रहेका फर्निचर नियन्त्रणमा लिई ताला लगाएका थिए।

जग्गा जोगाऔं

सार्वजनिक जग्गा कब्जा गर्ने अनेकन विधि र प्रक्रिया छन्। एकथरी मानिसको धन्दै महँगो मूल्यका सार्वजनिक जग्गा पत्ता लगाउने र तिनलाई व्यक्तिका नाममा पार्ने छ। यसरी हुने अवाञ्छित लाभका निम्ति लाग्ने व्यक्तिहरूको सक्रियता आश्चर्यलाग्दो छ। यसरी जग्गा खोजिसकेपछि राज्यका जिम्मेवार निकायमा प्रभाव पार्न सक्रिय शक्ति दलाल समूहको भूमिका रहन्छ। तिनीहरूले विभिन्न बहानामा यस्ता सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा गर्छन्।

कहाँ छ सरकार!

२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहको पालाबाट सर्वेक्षण सुरु गर्न योजना बनेको यो(मेलम्ची)आयोजना ४४ सालमा खोला पहिचान अनि ४७ सालमा काठमाडौंको बाटो पखाल्ने कृष्णप्रसाद भट्टराईको भाषणपछि चर्चित बन्यो। योजनाहरू बने, आयोजना सुरु भयो, भाषण गरेको पनि आज २८ वर्ष बित्यो तर पानी आएको छैन। मेलम्चीले सबै दल अनि सबै नेताको नेतृत्व चाखिसकेको छ। मेलम्चीले हाम्रो राष्ट्रिय क्षमताको जाँचेको छ।

फिदिममा खानेपानी समस्या समाधान हुने

१६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई व्यवस्थित गर्न प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमार्फत सर्वे गरी समस्या पहिचान गरेर पुनः निर्माणको काम अघि बढाउन लागेको हो।

कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्याक्सको रुपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन्।

विप्लवप्रति कठोर बन्दै सरकार, कहाँबाट कति पक्राउ?

प्रतिबन्ध लगाउने घोषणा गरेपछि सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति निकै आक्रामक देखिएको छ। प्रतिबन्धयता सरकारले नेकपाका नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थालेको छ। नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वलीसहितका शीर्ष नेतासम्म पक्राउ परिसकेका छन्।

कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै दमन गर्दैछ किन?

नेपालको वामपन्थी आन्दोलन कता जाँदैछ? कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै दमन गर्दैछ किन?

लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

लगानी सम्मेलनमा ४० देशबाट ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता हुने भएको छ। चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनको सरकारले सबै तयारी पुरा गरिसकेको छ।

बन्द चिनी उद्योग पुगे उद्योग मन्त्री

विगत १४ वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। चिनी कारखाना पुनः सञ्चालनका बेला मन्त्री यादवले निरीक्षण गरेका हुन्।

उद्योगलाई छुटैछुट

सरकारले मुलुकमा औद्योगिक वातावरण बनाउन भन्दै प्रस्तावित औद्योगिक व्यवसाय ऐन २०७५ मा लगानीकर्तालाई विभिन्न शीर्षकमा छुट र सहुलियतको व्यवस्था गरेको छ। लगानीको परीणाम र उद्योग स्थापनाको क्षेत्रको आधारमा छुट र सहुलियतको व्यवस्था गर्न लागेको हो।

सांसद भन्छन्, ‘बजेट विनियोजनमा असन्तुलन’

सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेट बनाउने तयारी गरिरहेको बेला सांसदहरूले बजेट विनियोजनमा सन्तुलन मिलाउन माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिमा बोल्दै सांसदहरूले यतिखेर सत्ताधारी नेताका जिल्लामा धेरै बजेट थुप्रिएको चर्चा गर्दै अब त्यसो हुन नहुने धारणा राखे।

सुखद समझदारी

सरकारले ६ महिनाबीचमा दुईवटा महत्वपूर्ण मुलुक मलेसिया र जापानमा नेपाली युवालाई रोजगारीका रूपमा पठाउन सक्ने गरी समझदारी गरेको छ। गत कात्तिक १२ मा नेपाली युवाको पहिलो गन्तव्य मानिएको मलेसियासँग श्रम समझदारी गरेको सरकारले चैत ११ मा अर्को आकर्षक मुलुक जापानसँग नेपाली श्रमिक पठाउने गरी समझदारी गरेको हो।

प्रधानमन्त्री भन्छन्, यसपालि कर्णालीको पालो

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)आबद्ध कर्णाली प्रदेशका सांसदहरूसँग मंगलबार सिंहदरबारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रतिवन्ध घोषणा भित्रका रहस्यहरु

सरकारले विप्लव नेतृत्वको नेकपासंग गम्भीर तरिकावाट वार्ताको प्रयास नगरिकनै जसरी प्रतिवन्धको हल्ला गर्ने तथा अपराधिक समूह भनेर मन्त्रिपरिषदले घोषणा गरी दमन गर्ने निर्णय गरेकोछ, त्यसले नेपाली राजनीतिलाई नयाँ मोड दिएको छ। यसले नेपाली राजनीतिमा नयाँ द्वन्द्वको संकेत गरेको छ।

लगानी सम्मेलनबारे सरकार नै प्रस्ट छैन : पूर्वमन्त्री जोशी (अन्तर्वार्ता)

यस अघि लगानी सम्मेलन आयोजना हुँदा नवीन्द्रराज जोशी उद्योगमन्त्री थिए। उत्साहका साथ सकाएको उक्त सम्मेलनमा व्यक्त प्रतिवद्धता अनुसारको लगानी आउन सकेन। आगामी लगानी सम्मेलन र नेपालमा लगानीको विषयमा पूर्वमन्त्री जोशीसँग श्रीधर खनालले गरेको कुराकानीको सम्पादित अंश :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्