२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विदुरमा स्थानीय आपतकालीन केन्द्र

स्थानीय सरकार सञ्चालन ऐन २०७४ एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले व्यवस्था गरेअनुसार नुवाकोटको विदुर नगरपालिकामा ‘स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र’ सञ्चालन गरिएको छ।

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुन्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन्।

विप्लव नेकपाका फेरि अर्का नेता पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पुष्कर आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रधानमन्त्रीले भने : भूमिगत बसेर क्रान्तिको सपना नदेख्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई कानूनको कठघरामा ल्याउने बताएका छन्। आइतबार संसदलाई सम्वोधन गर्दै उनले विप्लवलाई वार्तामा आउन र हतियार बुझाउन समेत आग्रह गरे।

विप्लव समूहले धम्काए प्रहरीलाई खवर गर्नुस् : गृहमन्त्रालय

गृहमन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा नदिन आग्रह गरेको छ। गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न र त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको छ।

बममाथि सुतेर वार्ताको कल्पना गरिन्न : मन्त्री बाँस्कोटा

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताएका छन्।

विकासको निराशाजनक तस्वीर

प्रदेश सरकारले अहिलेसम्म गरेको विकास खर्चलाई हेर्ने हो भने निराशाजनक आर्थिक परिदृश्य देखिन्छ। प्रदेश ३ ले सबैभन्दा धेरै १५ प्रतिशत विकास बजेट खर्च गरेको छ भने कर्णाली प्रदेशले सबैभन्दा कम २.७८ प्रतिशत मात्रै खर्च गरेको छ। यी सबै खर्चको विवरणका आधारमा हेर्ने हो भने प्रदेशहरूको अहिलेसम्मको औसत विकास खर्चको अवस्था ९.६९ प्रतिशत हुन आउँछ। यो विकासका हिसाबले हेर्ने हो भने अत्यन्तै निराशाजनक अवस्था हो।

विश्वविद्यालय सभाले उपकुलपति हटाउन सक्ने कानुन प्रस्ताव

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा विश्वविद्यालयको उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था थिएन।

बजेट छ, योजना र खर्च छैन

चालु आर्थिक वर्षमा प्रदेश सरकारको विकास बजेटको खर्च निराशाजनक देखिएको छ। बजेट खर्च गर्ने कार्यविधि र खर्च गर्ने क्षेत्रको पहिचान गर्न नसक्दा र काम गर्ने कर्मचारी व्यवस्थापन नहुँदा प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको हो। संघीयताको अभ्यास गर्ने चरणमै विकास बजेट खर्च हुन नसक्दा जनअपेक्षाका काम हुन नसक्ने अवस्था देखिएको छ। प्रदेश सरकारले एक महिनाअगाडि एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दा धेरै योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका थिए। तर खर्च विवरण भने फरक रहेको छ।

न्युजिल्यान्डमा सैन्य शैलीको हतियार प्रतिबन्ध

न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्धस्वचालित हतियार र राइफलमाथि प्रतिबन्ध लगाएको छ। केही दिनअघि ५० जनाको ज्यान जाने गरी क्राइस्टचर्चमा रहेका दुई भिन्न मस्जिदमा भएको गोलीकाण्डपछि न्युजिल्यान्ड सरकारले यसअघि सर्वसाधारणलाई हतियार राख्न दिएको व्यवस्थालाई परिवर्तन गरेको हो।

आफ्नै प्रशासन प्रमुख राख्ने अर्को विवादास्पद विधेयक

संघीय सरकारले मापदण्ड नतोक्दै प्रदेश प्रहरी गठनसम्बन्धी ऐन बनाएर चर्चामा आएको प्रदेश २ को सरकारले प्रदेश प्रशासनसम्बन्धी अर्को पनि विधेयक ल्याउँदैछ। संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ‘अतिरिक्त शक्तिशाली’ बनाएको भन्दै चिढिएको प्रदेश सरकार आठवटै जिल्लामा प्रशासन प्रमुख तोक्नेगरी नयाँ विधेयक ल्याउने तयारीमा जुटेको छ। यसका लागि तयारीसमेत पूरा भइसकेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।

सुकुमवासीका नाममा फेरि जग्गा बाँड्दै सरकार

सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ। राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो। अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो।

सुरुङ मार्गको निर्माण द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले सुरुङ मार्गको निर्माण कार्य द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारलाई आग्रह गरेका छन्।  स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएल सागेरसँग विहीबार मन्त्रालयमा भएको भेटमा नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन आग्रह गरेका हुन्।

भ्रष्टाचार रोक्न सरकार कठोर बन्छः मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। सुशासन कायम गर्न सरकारले कसैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले स्पष्ट पारे।

सोसाइटल सहकारी समस्याग्रस्त

सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्