१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

शिवाकोटी कार्यबाहक गर्भनर

नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ।

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच टेलिफोन सम्वाद

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन सम्वाद भएको छ।

चिनियाँ राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

उखु अभावमा चिनी उद्योग बन्द

उखु अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ। गत माघ २७ गतेदेखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो।

८ जना चिनियाँ नागरिक पक्राउ

केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

खुलाउनुपर्ने उद्योगको जग्गा बेच्दै सरकार

फागुन ५ मा बसेको संघीय मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित वचनी करखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको छ।

उखुको अभावमा गरुडास्थित चिनी उद्योग बन्द

उखुको अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । गत माघ २७ देखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो । करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई रौतहटका उखु किसानले नपत्याएपछि सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न्।

चिनियाँ घाउमा नुनचुक

सकिन्छ, हाम्रा सञ्चारमाध्यमले पनि चाइना डेली पिपुल्स डेलीको जस्तै सम्पादकीय लेखेर चिनियाँ घाउमा ममलपट्टी लगाऔं। सकिँदैन, कमसेकम चिनियाँ घाउमा नुनचुक नछर्कौं।

कोरोना प्रभावले अधिकांश होटलका बुकिङ रद्द

चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने चिनियाँ पर्यटकको संख्या घट्दो क्रममा छ। सन् २०२०को पहिलो महिनाको तुलनामा दोस्रो महिनामा २० प्रतिशत मात्रै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्।

चिनियाँ विज्ञप्तिप्रति सम्पादकहरूको आपत्ति

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले चिनियाँ दूतावासद्वारा प्रकाशित विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

चिनियाँ राजनीतिमा कोरोना चुनौती

के प्रस्ट छ भने कोभिड– १९ को महामारीपछि चीनको राजनीति र शासन प्रक्रिया उही रहने छैन। राष्ट्रपति चिनफिङ र उनका समर्थकले अवलम्बन गरेका केन्द्रीकृत शासन प्रणालीका सोच भताभुंग भइसकेको छ।

रौतहटको चिनी उद्योग बुधबारदेखि सञ्चालन

किसानहरुको लामो प्रतिक्षा र संघर्षपछि रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लि. बुधबारदेखि सञ्चालनमा आएको छ। चिनीमिल सञ्चालनको लागि किसानहरुले ठूलै संघर्ष गरेको उद्योग सञ्चालनमा आएपछि किसानहरु खुसी पनि भएका छन्। ढिलो भए पनि उद्योग सञ्चालनमा आएपछि उखु किसानमा खुसी र उत्साह आएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन्।

नेपाली चिनीमिल, भारतीय उखु

सरकारले भुक्तानी दिन बाँकी रहेको अनुदान रकमको लागि काठमाडौं आएका उखु उत्पादक संघ कञ्चनपुरका अध्यक्ष हरिचन्द ठकुरीको मोबाइलमा जिल्लाबाट किसानले तारन्तार फोन गरिरहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्