१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच टेलिफोन सम्वाद

काठमाडौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन सम्वाद भएको छ। दुई समकक्षीबीच चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९), नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य तथा दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। टेलिफोन सम्वादमार्फत मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्धको चीनको लडाइँमा नेपालको ऐक्यबद्धत व्यक्त गरेका थिए।

त्यस्तै चिनियाँ समकक्षी वाङले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै उनको स्रीघ स्वास्थ्य लाभको कामना गरेको मन्त्रालयले जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिङफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। यस अघी गत शुक्रबार चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सीले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App