१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्राधिकरणका १ सय ३८ प्रमुखसँग कार्य सम्पादन सम्झौता

नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्य सम्पादन सम्झौता गरेका छन्। विद्युत्् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा सम्झौता केन्द्रित छ।

निगमका सबै वाई–१२ जहाज ग्राउन्डेड

नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण चीनबाट ल्याएका वाई–१२ सिरिजका चारवटै जहाज ग्राउन्डेड भएका छन्। व्यवस्थापन पक्षले जनशक्ति अभावमा विमान ग्राउन्डेड भएको बताउँदै आए पनि यो सत्य भने होइन।

बैतडीमा हिमपात, विद्युत सेवा अवरुद्ध

मौसममा बदलीसँगै बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरी हिमपात भएको हो।

विशेष सेवा विधेयकले रअको भत्ता खानेलाई कारबाही गर्छ, प्रेमी–प्रेमिकालाई हैनः विडारी

राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअका एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन्।

कांग्रेसले ‘ज्यानमारा’ भनेको विशेष सेवा विधेयक राष्ट्रियसभामा पेश

सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ।

बर्थिङ सेन्टर छ, सेवा छैन

गुम्देल स्वास्थ्य चौकीमा पाँचजनाको दरबन्दी भए पनि दुईजना अनमीको भरमै सेवा सञ्चालन हँुदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छिन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ।

ख्वै किसानको मोल ?

पशु सेवा कार्यालय, दार्चुलाले १०० वटा बोयर बोका खरिद गरेकामा ५७ मात्र वितरण भए। ४३ बोका कहाँ हराए ? यति बोकाको गोठालो हुने हैसियतसम्म नभएको कृषि मन्त्रालयले मुलुकको यति ठूलो कृषि क्षेत्र कसरी संरक्षण गर्ला ?

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहित १३ जनाको दरबन्दी छ तर अहिले यहाँ कार्यालय सहयोगीसहित ३/४ जना मात्र स्थानीय कर्मचारी कार्यरत छन्।

यातायात कार्यालयको अधिकार कार्यान्वयन नहुँदा सेवाग्राही मर्कामा

प्रदेशले अधिकार दिएको ६ महिना पुग्न लाग्दासम्म गाईघाटस्थित ‘यातायात सेवा कार्यालय’को थप अधिकार कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश मन्त्रालयले थपेको अधिकार कार्यान्वयन हुन नसक्दा सामान्य कामका लागि पनि उदयपुरवासी यातायात सेवाग्राही स्थनीय २ नं. प्रदेशको सिराहा धाउनुपर्ने बाध्यतामा छन्।

डिआइजीलाई चक्कु ताकेपछि..

महिला आश्रममा जान मानिनन्। उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन्। नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे। महिलाले भनिन्, 'भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस्।' यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो।

निजामतीको परिभाषाप्रति प्रदेश र स्थानीयका कर्मचारी असन्तुष्ट

संघीय निजामती सेवा विधेयकमा संघका कर्मचारीलाई मात्रै निजामतीका रूपमा परिभाषित गरिएपछि प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी असन्तुष्ट बनेका छन्।

निजामतीमा आन्तरिक परीक्षा हटाइँदै

आन्तरिक प्रतियोगिताद्वारा बढुवाका लागि परीक्षा दिन नपाउने व्यवस्था राख्नेगरी कानुन निर्माण गर्न लागिएको छ।

निगमको जहाज एसबिएस एयरक्राफ्टले किन्दै

नेपाल वायुसेवा निगमको वोइङ ७५७–२०० एयरक्राफ्ट विमान तेस्रोपटकको प्रयासमा एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले किन्ने भएको छ।

डाक्टर नहुँदा सेवा अवरुद्ध

रुपन्देही जिल्ला अस्पताल (भीम अस्पताल) मा दरबन्दी भए पनि महिनौंदेखि डाक्टर उपस्थित नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ।

लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुँदैन : मन्त्री जम्कट्टेल

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुने होइन, अरुको पनि बिशिष्ट क्षमता हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्