९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

विशेष सेवा विधेयकले रअको भत्ता खानेलाई कारबाही गर्छ, प्रेमी–प्रेमिकालाई हैनः विडारी

फाइल फोटो

काठमाडौं– राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअका एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन्।  

राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेत्र गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएको बताएका हुन्।

‘इन्टेलिजेन्स हो यसको मुख्य काम। अमेरिकाको सिआइए कुन कानुनले चल्छ। नेपाल आएर काम गरिरहेका छन्। त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन्’ उनले भने,‘त्यो नेपालले थाहा पाउनुपर्यो की नाई? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नु पर्‍यो की नाई?’

उनले नेपालमा रअले नेपालमा हैरान पारको भन्दै विधेयकको बचाउ गरे। विडारीले प्रतिपक्षि सांसदले प्रेमि प्रेमिकाबीचको कुरा पनि ट्याप गर्छ भनेर वाहियात कुरा गरेको समेत बताए।

‘कस्तो फट्याइ गरेको— विचरा बाटोमा हिँड्ने २ वटा कम्युटर चलाइरहने प्रेमि प्रेमिकाको कुरा ट्याव गर्दैन क्या।’ उनले भने, ‘यो वाहियात कुरा किन भनेको? यस्तो लुहु कुरा किन उकास्या?’ 

प्रकाशित: १६ पुस २०७६ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App