निजामती कर्मचारी अस्पतालको सेवा नियमित
मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ ।
मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ ।
कोभिड—१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको ४६ औं दिन पुगेको छ। गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ४६ औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित क्रिस्चियन धर्मावलम्बीको नाजरिन परोपकार सेवा नेपाल शाखाले लकडाउन पीडित परिवारलाई राहत बाँडेको छ । नाजरिन परोपकार सेवाले सोमबार बाहुनीडाँडाका ७३ घर परिवारलाई चामल, दाल, नुन, तेल र सावुन बाँडेको हो ।
सर्लाहीको हरिवन नगरपालिकास्थित बागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले ५ वटा सरकारी जिल्ला अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार ५ वटै जिल्लाका सदरमुकामस्थित सरकारी जिल्ला अस्पताललाई फिवर क्लिनिक सञ्चालनका लागि इन्फ्रारेड थर्मोमिटर तथा टेण्ट सहयोग स्वरुप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।
सरकारले गर्भवती महिला तथा नवजात शिशुलाई दिइँदै आएको खोप र बालबालिकालाई खुवाइने भिटामिन सेवा सुचारु गर्न निर्देशन दिएको छ।
विराटनगरमा मात्रै करिब अढाई सय आइसियु र डेढ सय भेन्टिलेटरसहितका अस्पताल छन्। तर, विपत्मा कोशी अस्पतालबाट काम चलाउनुपर्ने बाध्यता सरकारलाई आयो। निजी लगानीमा खुलेका र नाफामूलक उद्देश्य राखेका कारण सर्वसाधारणका लागि ती सबै सहज पहुँचका छैनन्।
‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता ः समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने मूल नाराका साथ बजेट ल्याएको वाग्मती प्रदेशका१३ वटै जिल्लामा तीन हजार सात सय ९० क्वारेन्टाइन बेड र आठ सय ९७ आइसोलेसन बेड निर्माण भइसकेको छ।
नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुटसमेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाए सो अवधिमा लागेको ब्याजको १० प्रतिशत छुट दिने भएको छ ।
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमार्फत मंगलबार ३४ जना ब्राजिलियन पर्यटक दिल्ली पुगेका छन्।
कृषि ज्ञान केन्द्र नुवाकोटले प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह गरिरहेको छ।
एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकमको खरिद प्रक्रिया विवादमा आएपछि ओम्नीसँगको ठेक्का रद्द गरेको विभागले करिब ३५ करोड रुपैयाँका स्वास्थ्य उपकरण खरिद गर्न टेन्डर प्रकाशित गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आइटी) विज्ञ अस्गर अलीले पदीय हैसियत दुरुपयोग गरी आफ्ना निजी कम्पनीको व्यवसायिक फाइदाका लागि काम गरेका पक्ष एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्।
लकडाउन खुल्नेबित्तिकै बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर छुटेका खोप लगाइहाल्न चिकित्सकले सुझाएका छन्।
नागरिक अधिकार मोबाइल एप निर्माणका लागि अलीकै दबाबमा उनका नातेदार रहिम अली र अस्लाम अलीलाई परामर्शदाता नियुक्त गरिएको छ।
रसुवामा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ५५ स्थानबाट सेवा प्रदान थालिएको छ। जिल्लामा सेवा प्रदान गरिरहेका अस्पताल, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईसहित ५५ स्थानबाट सेवा प्रवाह भइरहेको छ।