१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रसुवामा कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न ५५ स्थानबाट सेवा प्रदान

रसुवा- रसुवामा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ५५ स्थानबाट सेवा प्रदान थालिएको छ। जिल्लामा सेवा प्रदान गरिरहेका अस्पताल, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईसहित ५५ स्थानबाट सेवा प्रवाह भइरहेको छ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा २९ स्वास्थ्य संस्था, ९ वटा हेल्थ डेक्स, दुईवटा अस्पताल, ८ वटा क्वारेन्टाइन, दुई वटा आइसोलेसन, र पाँच वटा स्वास्थ्य शाखा रहेका छन्। जिल्लाको पाँचवटै गाउँपालिकाबाट कोरोनाको रोकथाम तथा न्यूनीकरणको लागि तयारी पूरा भएको छ। गाउँपालिकाहरूले स्थानीयस्तरमा कोरोना बारे जानकारी दिने काम गरिरहेका छन्।

स्वास्थ्य सामग्रीको लगत संकलन गरिने
जिल्लाभरी स्वास्थ्य संस्थासँग सम्बन्धित निकायहरूमा हाल मौज्दात रहेका कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी स्वास्थ्य सामग्रीको लगत संकलन गरिने भएको छ। लगत संकलन गरेपश्चात आवश्यकता पहिचान गरेर सबै स्वास्थ्य संस्थालाई सामग्री उपलब्ध गराइने छ।

जसमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १, ग्रोन १, नन कन्ट्याक थर्मामिटर १, एन–९५ मास्क ५, सर्जिकल मास्क ५० उपलब्ध गराइने तयारी छ। त्यसैगरी ह्याण्ड सेनिटाइजर, डिसइन्फेक्टेन्ट लगायतका सामग्री भने आवश्यकता अनुसार उपलब्ध गराइने कोभिड–१९ को संक्रमण रोकथाम नियन्त्रणका लागि गठित कमाण्ड पोष्टले जनाएको छ।

 

प्रकाशित: २१ चैत्र २०७६ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App