२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खोप सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले गर्भवती महिला तथा नवजात शिशुलाई दिइँदै आएको खोप र बालबालिकालाई खुवाइने भिटामिन सेवा सुचारु गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्र लेख्दै स्वास्थ्य संस्थाबाट नियमित खोप सञ्चालन गर्न निर्देशन दिएको हो। 

पत्रमा स्वास्थ्य संस्थाबाट प्रदान हुने खोप तथा सेवा सञ्चालनका लागि आवश्यक सहयोग एवं समन्वय गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।सरकारले कोभिड १९ महामारीसम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशकाबमोजिम सेवा प्रदान गर्न निर्देशन दिएको हो। कोरोना संकटका कारण उत्पन्न अन्योलले गर्भवती तथा नवजात शिशुका लागि अत्यावश्यक खोपसेवा अवरुद्ध थियो। 

मन्त्रालयले दादुरालगायतका खोप सेवा अवरुद्ध हुँदा थप महामारी देखिन सक्ने औंल्याउँदै पत्रमा लेखेको छ, ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन रहेको र नियमित खोप सेवा समेत प्रभावित भई केही स्थानमा दादुराको महामारी पनि देखा पर्न थालेको छ। लामो समय नियमित खोप सेवा सञ्चालन नहुँदा खोपबाट बचाउन सकिने अन्य रोगको समेत महामारी हुनसक्ने सम्भावना बढेकाले अत्यावश्यक तथा आधारभूत सेवा सुचारु गर्न आवश्यक समन्वय तथा व्यवस्था गरिदिनुहुन अनुरोध छ।’

 

प्रकाशित: १३ वैशाख २०७७ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App