१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

३४ ब्राजिलियन पर्यटक घर फर्के

काठमाडौं – नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमार्फत मंगलबार ३४ जना ब्राजिलियन पर्यटक दिल्ली पुगेका छन्। निगमको न्यारोबडी ए ३२० जहाजमार्फत नेपालमा रोकिएका आफ्ना नागरिकको उद्धार गर्न काठमाडौंस्थित ब्राजिलियन दूतावासले जहाज चार्टर्ड गरेको हो।  

सरकारले वैशाख १८ सम्मलाई उडानमा लगाएको प्रतिबन्धका कारण उनीहरु काठमाडौंमा रोकिएका थिए। ब्राजिलियन सरकारले आफ्ना नागरिकलाई नयाँ दिल्लीबाट उद्धार गर्न लागेका कारण उनीहरुलाई निगमले दिल्ली पुर्‍याएको विमानस्थल कार्यालयले जनाएको छ। 

निगमको एक सय ५८ सिट क्षमताको न्यरोबडी जहाज फ्लाइट नम्बर आरए२२०५को उडानमार्फत दिउँसो १ः३० मा दिल्ली उडेर मंगलबारै काठमाडौं फर्किएको छ। दिल्लीबाट–काठमाडौं फर्किंदा उडानमा चालक दलका सदस्य मात्रै रहेको निगम स्रोतले जनाएको छ। जहाजको उडानको नेतृत्व क्यापटेन दिपु ज्वारचनले गरेका थिए।

 

प्रकाशित: ३ वैशाख २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App