३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

भोकमरीको भय

लकडाउन÷निषेधाज्ञा लम्बिएसँगै जसरी सर्वसाधारणले महामारीभन्दा पनि भोकमरीले मरिने चिन्ता व्यक्त गरेका छन्, त्यसलाई तत्कालै सम्बोधन गर्न जरुरी छ। त्यसका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले मिलेर संयुक्तरूपमा तत्कालै राहत प्याकेज ल्याउनुको विकल्प छैन।

‘महामारीभन्दा भोकमरीले मार्ने भो’

संघीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकभरका व्यवसायीदेखि सर्वसाधारण सबै कोरोनाको मारमा छन् । कोरोनाले सामान्य दैनिकीदेखि आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायत पक्ष प्रभावित बनेको छ ।

लाखौँ सिरियाली भोकमरी संकटमा: अन्तर्राष्ट्रिय संस्था

लाखौ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन्।

कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

भाइरसपछि भोकमरी

अहिले नै ‘नहुने’हरू कतिपय सहरमा भोकमरीको अवस्थामा पुगिसकेका छन् । यही क्रम लामो समयसम्म रह्यो भने खानेकुरा कहाँबाट आउँछ ? खानेकुरै नभएपछि पैसा हुनेहरूले पनि के किनेर खाने ?

भोकमरीको सूचीमा नेपाल ७३ नम्बरमा

पाल भोकमरीको सूचीमा ७३ औं स्थानमा परेको छ। ग्लोबल हंगर इन्डेक्स (जिएचआई) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संसारभरका एक सय १७ देशमध्ये नेपाल ७३औं स्थानमा परेको हो।

बोनितालाई ‘लिड २०३० च्यालेन्ज’

कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरूको साथमा ‘सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)’ को सुरुवात गरेकी बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को विजेता घोषित भएकी छिन्।

राष्ट्रसंघले गर्‍यो सहयोगको घोषणा

संयुक्त राष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।राष्ट्रसंघका आपत्कालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई सहयोग गरिने बुधबार बताए ।

‘भोकमरी शून्य मुलुक बनाउन पर्याप्त लगानी आवश्यक’

नेपाललाई भोकमरी शून्य मुलुक बनाउने दीगो विकासको लक्ष्य पूरा गर्न यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोगले सोमबार सार्वजनिक गरेको ‘शून्य भोकमरीतर्फ नेपालः खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा’ प्रतिवेदनले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेटको आवश्यकता औंल्याएको हो।

२७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न बाध्य

फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसङ्ख्याले भोकमरीको समस्या झेल्न वाध्य रहेको विहीबार सार्वजनिक एक अध्ययन पतिवेदनमा जनाइएको छ।

सोमालियामा भोकमरी, १ सय १० को मृत्यु

भोकमरीका कारणले सोमालियामा १ सय १० जनाको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा १ सय १० जनाको भोकमरीका कारण ज्यान गएको सोमालियाका प्रधानमन्त्री हसन अली हयारीले बताएका छन्। खडेरीका कारण सोमालियामा भोकमरी समस्या आएको उनले बताएका छन्।

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

दक्षिणी सुडानका करिब १ लाख जनता भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघ तथा त्यहाँको सरकारले बताएको छ। सरकारले दक्षिणी सुडानको केही क्षेत्रमा भोकमरीको समस्या रहेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्