२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रुपन्देहीको सैनामैनामा दुर्घटना, बुवा छोराको मृत्यू

रुपन्देहीको सैनामैनामा सोमबार दिउँसो कारले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा परि मोटरसाइकलमा सवार सैनामैना–१ बस्ने वर्ष ३० का सन्तोष परियार र पछाडी सवार बुवा ५० वर्षीय टेक बहादुर परियारको मृत्यू भएको हो ।

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यू, श्रीमान सम्पर्कविहीन

सुत्केरी गराउन उदयपुर अस्पताल ल्याइएकी एक महिलाको मृत्यूलगत्तै श्रीमान बेपत्ता भएपछि शव बेवारिसे भएको छ। आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै मृत्यू भएको तथा श्रीमान प्रेम बुढाथोकी सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ।

दोलखामा बस दुर्घटना : एक महिलाको मृत्यू

दोलखाको बैतेश्वरमा यात्रुवाहक बस दुर्घटना भएको छ। बैतेश्वर गाउपालिका वडा न.३ मिर्गेबाट काठमाण्डाैंका लागि छुटेको बा३ख २९९७ नम्बरकाे गौरीशंकर यातायताको बस चरिकोट खाडीचौ सडक अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङ्गे खोला नजिक बोचमा दुर्घटना भएको हो।

ट्रयाक्टर दुर्घटना चालकको मृत्यू

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ गैरीछापमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

ओखलढुंगामा बस दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना भएको हो।

मोटरसाइकलकाे ठक्करले एकको मृत्यु

मोटरसाइकलको ठक्करले अाइतबार एक जना वृद्धको मृत्यु भएको छ। ठक्करले कलैया उप महानगरपालिका–२७ की दुरपती देवीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

कार भित्र युवकको शव भेटियो

स्वयम्भूमा एक कार भित्र युवक मृत अवस्थामा भेटिएका छन्। बिहान ६ बजे बा ८ च  ७०२१ नम्बरको सुजुकी कार भित्र चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकाप घर भएका श्यामकुमार श्रेष्ठको शब भेटिएको हो। उनी यही १८ गतेदेखि घरबाट हराएको र १९ गतेबाट सम्पर्क विहिन रहेको उनका आफन्तले बताएका छन्।

जाडोले रौतहटमा थप दुईको मृत्यू

अत्यधिक जाडोले कठांग्रिएर रौतहटमा थप दुईजनाको मृत्यु भएको छ। रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ।

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको छ। अन्य २४ जना घाईते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।

ढिस्कोमा पुरिएर मजदुरको मृत्यू

पार्खाल लगाउँदै गर्दा खसेको माटोको ढिस्कोमा पुरिँदा छोप्राकमा शनिवार दिउँसो एक मजदुरको मृत्यू भएको छ भने एकजना घाइते भएका छन्।

बाख्रा चराउन गएका तामाङको लडेर मृत्यू

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९ मा बाख्रा चराउन गएका एक पुरुषको लडेर मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्