२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कार भित्र युवकको शव भेटियो

काठमाडौं-  स्वयम्भूमा एक कार भित्र युवक मृत अवस्थामा भेटिएका छन्। बिहान ६ बजे बा ८ च  ७०२१ नम्बरको सुजुकी कार भित्र चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकाप घर भएका श्यामकुमार श्रेष्ठको शब भेटिएको हो। उनी यही १८ गतेदेखि घरबाट हराएको र १९ गतेबाट सम्पर्क विहिन रहेको उनका आफन्तले बताएका छन्। दुई तीन दिनदेखि कार पार्किङमा देखिएपछि प्रहरीले हेर्दा शब भेटिएको स्वयम्भू प्रहरीले बताएको छ।  

मृतकको शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको कारणले हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ। शवलाई प्रहरीले पोष्टमार्टमको लागि महाराजगन्ज शिक्षण अस्पताल लगेको छ।

प्रकाशित: २१ भाद्र २०७५ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App