२३ श्रावण २०७७ शुक्रबार

तीन आयोगको प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ।

नक्कली प्रतिवेदन बुझाएर २२ लाख भुक्तानी

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघिल्लो आर्थिक वर्ष कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ को कालिका प्रारम्भीक उत्पादन कृषक समूहमार्फत अर्गानिक नमुना गाउँ कार्यक्रम सञ्चालनमा ल्यायो ।

राष्ट्रपतिसमक्ष मलेप प्रतिवेदन पेश

महालेखापरीक्षको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयको भएको देखाएको छ । बुधबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश भएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा मात्रै कुल बेरुजु रकम १ खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ रहेको उल्लेख छ ।

‘चीनले सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउनेलाई कारबाही’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउनेलाई कारबाही गरिने बताएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले नेपाल–चीनको सीमामा कुनै समस्य नभएको तर केही सानातिना समस्या आए समाधानका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको बताए।

हुँदै नभएको प्रतिवेदन कुन कारखानाबाट आयो अनुसन्धान गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

प्रधानमन्त्रीबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/०७६’ पेस गर्ने भएका छन् । उनले राष्ट्रिय सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा साे प्रतिवेदन पेस गर्नेछन् ।

नक्कली प्रतिवेदनको आधारमा नगरपालिकाद्वारा रकम भुक्तानी गरेको खुलासा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कामै नभएर नक्कली योजना अनुगमन प्रतिवेदनको आधारमा एक योजनामा रकम भुक्तानी गरेको रहस्य बाहिरिएको छ। पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तर्रगत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको दश लाख रुपैयाँ कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो।

दलित अधिकारको छायाँ प्रतिवेदन संयुक्त राष्ट्रसंघमा बुझाइने

दलित नागरिक समाजले संयुक्त राष्ट्रसंघलाई फागुनभित्र छायाँ प्रतिवेदन बुझाउने तयारी गरेको छ।

एमसिसी कार्यदलको प्रतिवेदन तयार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ। आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाउने भनिएको छ।

एमसिसी कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसिसीको प्रतिवेदन बुझाउने भएको हो।

सिआइबीले बुझायो प्रतिवेदन

ललिता निवास प्रकरणबारे छानबिन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन दराजमै थन्किछन्

सवारी दुर्घटना नदोहोरियोस् भनेर सरकारले सत्यतथ्य छानबिन गरी समाधानका लागि तत्काल समिति गठन गर्छ। समितिमार्फत दुर्घटनाको कारण, तथ्य र रहस्य खोजिन्छ। समिति आगामी दुर्घटना रोकथाम गर्न ठोस उपाय पनि सुझाउँछ।

प्रदेश ५ को राजधानी सिफारिस, भेगीय स्वार्थकै प्रतिवेदन

प्रदेश नम्बर ५ को स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले गत सोमबार प्रदेशसभालाई आफ्नो प्रतिवेदन बुझायो। प्रदेशसभाबाट दुईतिहाइ बहुमत जुट्न नसकेपछि स्थायी राजधानी र नाम चयन गर्नका लागि प्रदेशसभाले विशेष समिति बनाएपछि स्थायी राजधानी घोषणा हुने मात्रै हैन, स्थायी राजधानी हुनसक्ने सम्भावित थलोबारे विभिन्न बहस थालिए।

अंग्रेजीमा प्रतिवेदन सार्वजनिक गर्दा अन्योलमा सहभागी

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा कर्णालीको विषय समेटिएको प्रस्तुतीकरण चलिरहेको थियो। उक्त प्रस्तुतीकरणलाई रोक्दै कर्णाली प्रदेशसभा सदस्य अमृता शाहीले भनिन्, ‘तपाईंले प्रस्तुत गरेको तथ्यांक अंग्रेजीमा हुँदा असहज भयो।

विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्