२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन्।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो।

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ: शान्ति समाज

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ।

विश्वव्यापी चुनौतीका बीचमा बौद्ध शिक्षा

विविध समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाे छ।

टुँडिखेलमा सुरु भयो १० क्षेत्र,२९ पेसासम्बद्ध निःशुल्क सिपमूलक तालिम

काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ।

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छिन्।

विश्वकपअगाडि नेपालको खराब लय

आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।

भोकको आगो

पछिल्ला तीन दशक अवधिमा विगत पाँच वर्ष सबैभन्दा नराम्रा रहे। विशेषगरी चर्काे ब्याज दरले विकासशील देशहरू उच्च ऋणमा पिल्सिएका छन् भने गरिब अर्थतन्त्र भएका आधाजसो देश कोभिड–१९ महामारीपछि तंग्रिन सकेका छैनन्।

श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर आफ्ना अधिकार प्राप्त गरेको दिनको स्मरण हो।

आगामी १५ वर्षमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्छौँ:मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने बताएका छन्।

संस्कृत विश्वविद्यालय: नीतिगत अनियमितता देखेपछि सभाले पास गरेन कार्यक्रम

नेपाल संस्कृत विश्वविद्यालयभित्र शिक्षक बढुवा र नियुक्तिमा देखिएको नीतिगत अनियमितताको समाचार नागरिक दैनिकले प्रकाशित गरेपछि मंगलबार बसेको विश्वविद्यालयको ७६औं बैठकमा पदाधिकारीले प्रस्तुत गरेका कार्यक्रम पारित हुन सकेनन्।

आज विश्व मजदुर दिवस, मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिको आह्वान

‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्