५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आगामी १५ वर्षमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्छौँ:मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने बताएका छन्।

आज विश्व श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले विद्यमान संवैधानिक गन्तव्य र आवधिक योजनाको मार्गदर्शन बमोजिम आगामी १५ वर्षभित्र बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताए।

उनले सुरक्षित, मर्यादित, दिगो सामाजिक सुरक्षासहितको आन्तरिक रोजगारी, श्रमको उत्पादकत्व अभिवृद्धि, सुमधुर औद्योगिक श्रम सम्बन्ध, श्रम अधिकार तथा स्तरीकरण, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कायम गर्दै तीव्र आर्थिक वृद्धिमार्फत् गरिबी र असमानता न्यूनीकरणको दिशामा निर्देशित भई मन्त्रालयले आफ्ना नीतिगत, कानूनी र कार्यक्रमगत प्रयासहरू गरिरहेको उल्लेख गरे।

मन्त्री अर्यालले श्रमिकहरूको सामाजिक सुरक्षा, मर्यादित र सम्मानजनक रोजगारी तथा उनीहरूको हक अधिकारीको सुनिश्चितताका लागि मन्त्रालय प्रतिवद्ध रहेको विश्वास दिलाउँदै मुलुकको श्रम तथा रोजगार क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी असल श्रम सम्बन्धसहिको आर्थिक विकास हासिल गर्ने दिशामा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।

प्रकाशित: १९ वैशाख २०८१ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App