१६ वैशाख २०८१ आइतबार
image/svg+xml

रोपाइँ गर्न कृषिमन्त्री उदयपुरमा

धान दिवसका अवसरमा कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसाल उदयपुर आएका छन् । असार १५ मा मनाइने धान दिवसमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन मन्त्री भुसाल उदयपुर आएका हुन् ।

धान दिवस मनाउन कृषिमन्त्री भुषाल उदयपुरमा

कोरोना कहरकै बीच परेको यसवर्षको राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल उदयपुर आएका छन्। असार १५ मनाइने धान दिवसमा आयोजित रोपाँई कार्यक्रममा सहभागी हुन मन्त्री भुसाल उदयपुर आएका हुन्।

अलमलिएको असार

नेपाललाई सदियौँंदेखि कृषिप्रधान मुलुक भनिँदै आएको छ । हाम्रो मुलुकको कुल आम्दानीमध्ये कृषिको आम्दानी अझैसम्म सबैभन्दा बढी पनि छ । तर संसारको कृषि कहाँबाट कहाँ पुग्दा हामी भने अझै निर्वाहमुखी र परम्परागत कृषि प्रणालीबाट माथि उठ्न सकेका छैनौँ । जनसंख्या बढेर ३ करोड पुगिसकेको छ तर कृषि उत्पादन बढ्नुको साटो घट्दैछ ।

खाद्य वस्तुमाथि सबैको पहुँच कायम गराउन प्रयासरत छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनतालाई खाद्य संप्रभूताको प्रत्याभूति दिलाउन प्रयासरत रहेको बताएका छन्। १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन विशेष प्रयास गरिरहेको बताए।

धानसँगको साइनो पुरानो

मानिस ढुंगेयुगबाट अलि सभ्य भई कृषि र पशुपालन युगमा प्रवेश गरेपछि सुरुमा आविष्कार गरिएको अन्नबाली धान थियो। त्यसैले धान सबैभन्दा पुरानो बालीका रूपमा रहँदै आएको छ।

११ महिनामा ३१ अर्बको चामल आयात

सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्