सामसङ इनोभेसन क्याम्पस एसआइसी नेपालले सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ।
सामसङले यो कार्यक्रम पुस १२ देखि १४ गतेसम्म सञ्चालन भएको थियो। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको जानकारी पनि दिइएको छ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको थियो।
सन् २०२३ देखि एसआइसीले सामसङको विश्वव्यापी सिएसआर दृष्टिकोण टुगेदर फर टुमारो इनाबलिङ पिपललाई अघि बढाउँदै आएको छ। यसअन्तर्गत युवालाई भविष्य–तयार गर्ने सिपहरू प्रदान गरी नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताको नयाँ पुस्ता विकास गर्न सशक्त बनाउँदै आएको छ।
प्रकाशित: १५ पुस २०८२ ११:३९ मंगलबार





