१० आश्विन २०८१ बिहीबार
image/svg+xml

शपथमा ‘प्रतिज्ञा गर्दै’ उल्लेख गरी विधेयक संसद्मा

सार्वजनिक पदमा नियुक्त निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो ऐन प्रारम्भ हुनु अघि लिएको शपथ यस ऐन बमोजिम लिएको मानिने व्यवस्था गरिएको छ ।

संसदीय समितिमा हेरफेर गर्ने गठबन्धन तयारी

सरकार विस्तारसँगै प्रतिनिधिसभामा र राष्ट्रियसभाका संसदीय समिति सभापति पनि परिवर्तन हुने सम्भावना देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सामेल भएका नयाँ दलले समितिको सभापतिमा पनि दाबी गर्न थालेपछि यस्तो सम्भावना देखिएको छ।

अत्यावश्यक अध्यादेश निष्क्रिय हुँदा समस्यैसमस्या

संसद्मा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी एमालेमाथि आफ्नै पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका अध्यादेश निष्क्रिय हुँदा नैतिकताको प्रश्न उठे पनि अविभावकत्व भने अहिलेको सरकारले नै गर्नुपर्ने एमालेका एक नेताले बताए।

संसद्भित्रका गल्तीको निरन्तर पुनरावृत्ति

प्रतिनिधिसभाका र राष्ट्रियसभाका बैठकमा बेलाबेलामा अशोभनीय दृष्य देखिँदै आएका छन् भने अशोभनीय आवाज पनि सुनिँदै आएका छन्। पछिल्लो पटक संसद्मा एमालेको नाराबाजीका क्रममा विगतमा अन्य पार्टीको जस्तै अशोभनीय दृष्य देखिए।

दलको रिसले राज्य ठप्प

अहिले आएर संसद् चल्नै नदिने भूमिका देखिएको छ। यसले एमालेलाई फाइदा गर्दैन। दलबीचको आपसी तिक्तता देश ठप्प पार्ने हदमा जानु भनेको आमनागरिकले यिनलाई विश्वास गर्न नसक्ने स्थिति बन्दै जानु हो। मुलुकको जटिल अवस्थालाई ध्यानमा राखी ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो प्रवृत्तिमा रोक लगाउन सक्नुपर्छ।

कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित रहुन्जेल संसद् अवरोध जारी रहने बताएका हुन्।

एमाले अध्यक्ष ओली आउने कार्यक्रमले लुम्बिनीको संसद् बैठक सारियो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा पार्टीको कार्यक्रममा आउने भएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ।

एमालेको नेतृत्व दोस्रो पुस्तामा आउँला ?

दुईजना महासचिव हुने तथा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने र ओलीलाई पार्टी कामबाट विश्राम लिन लगाएर सरकारी कामको मात्रै जिम्मेवारी दिई ससम्मान बिदा गर्नेगरी व्यवस्थापन गर्न सकिने पनि एमाले नेताहरूले जनाएका छन्।

असंसदीय अभ्यास

सभामुखविरुद्ध नारा/जुलुस गर्ने वा उनीविरुद्ध क्रियाकलाप गर्न छूट छैन। तर अहिले सभामुखविरुद्ध जसरी नारा लाग्दै आएको छ, त्यसले भोलिका दिनमा पनि संसद्का बैठक चलाउन सक्ने अवस्था नआउन सक्छ। यो स्थितिमा कसैले पनि संसद् चलाउन सक्दैन।

संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन भोलि सर्वदलीय बैठक

प्रमुख प्रतिपक्षी नेकपा (एमाले(को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन्।

संसद्‌मा घम्साघम्सी

एमाले सांसदले दोस्रो दिन पनि सदनमा नाराबाजी र जोरजुलुम गर्दा मर्यादापालकको सहयोगमा बैठक चलाउनुपर्‍यो। संसद्को अधिवेशन सुरु भएको पहिलो दिन बुधबार पनि एमाले सांसदले नाराबाजी गरेका थिए।

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ।

संसद् बैठक: दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्।

संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका एक नेताले बताए।

आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन, यस्तो छ कार्यसूची

सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्