१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बस दुर्घटनामा दुलही सहित १२ घाइते

काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।

दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी नायब निरीक्षकसहित चार जना घाइते

सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ। क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो।

मोर्चाद्वारा एमाले सभा बिथोल्ने प्रयास, झडपमा दुई घाइते

स्थानीय निर्वाचन विरुद्ध रहेको मधेसी मोर्चाले बरिष्ठ एमाले नेता माधवकुमार नेपाल सहभागी आमसभालाई बिथोल्ने प्रयास गरेपछि रौतहट सदरमुकाम गौरमा झडप भएको छ।

मोेटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते

चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

ग्यास सिलिन्डर विस्फोट भएर एक जनाको मृत्यु, पाँच घाइते

ग्यास सिलिन्डरबाट भरेको बेलुन पड्किएर शुक्रबार सुनसरी सिमरियामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर भएको घटनामा परी घाइते भएकामध्ये मोरङ कटहरी घर भएका सोमराज माझीको मृत्यु भएको हो।

ग्यास सिलिन्डरबाट पड्किदा सात जना घाइते, तीनको अवस्था गम्भीर

बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्किएर आज सुनसरी सिमरियामा सात जना घाइते भएका छन्। साढे ११ बजेतिर भएको घटनामा परी घाइतेमध्ये तीन जना सिकिस्त छन्।

‘मिस फायर’ हुँदा प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालयमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। देब्रे हातको पातोमा गोली लागेर कार्यालयमै कार्यरत जवान ओमप्रकाश ठाकुर घाइते भएको प्रहरीले जनाएको छ।

काँकरभिट्टातर्फ गइरहेको माइक्रो राजमार्गमा अाफैँ पल्टियो, १६ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

ट्रक पल्टिँदा ८ घाइते

मेची राजमार्ग अन्तर्गत जिल्लाको कोल्बुङ गाउँमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ।

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भागेश्वरबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से१ज ८३३ नम्बरको जीप अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। करिब पौने १२ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तस्करको कुटाइ खाएका प्रहरीले गोली चलाउँदा निर्दोष घाइते

कैलालीको पथरैयामा काठ तस्कर र प्रहरीबीच गएराति झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय वीरेन्द्र जैशी र अमरावती प्रहरी चौकीका सई रहेका छन्।

बाघले झम्टिँदा प्रहरीसहित १० जना घाइते

लखनपुर एकडरवा टोलमा रहेको पोखरीमा मंगलबार बिहान ११ बजे तिर एउटा बाघ देखियो। पोखरीका ठेकेदार जनन साहले गाउँछेउ बाघ आएको भन्दै गाउँलेलाई खबर गरे।

भोजमा दुई पक्षबीच झडप, तीन घाइते हेलिकोप्टरबाट काठमाडौं लगियो

जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन्। छेवर (ब्रतवन्ध) भोजका निम्तालुबीच विवादपछि झडप हुँदा चार व्यक्ति घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले बताए।

धादिङमा ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते

पृथ्वी राजमार्गअन्र्तगत धादिङको वेनिघाट गाविस–८ विशालटारमा ग्यासको बुलेट दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्